About Urlabari

About Urlabari

कोशी अन्चल मोरङ्ग जिल्लाको पुर्वउत्तरी क्षेत्रमा अबस्थित उर्लाबारी जिल्लाकै बिराटनगर पछिको ठुलो शहर हो । नेपाल अधिराज्यकै सबैभन्दा बढि जनसंख्या भएको गाबिस हो उर्लाबारी । कोशी र मेचीको सिमाना मावा खोलाको किनारमा उत्तरतर्फ मधुमल्ला दक्षिणतर्फ राजघाट पुर्व झापाको दमक र पश्चिममा पथरी बजारको बिचमा उर्लाबारी अबस्थितछ । यहाँको कुल जनसंख्या ७५ हजार भन्दाबढि रहेको गाबिस सचिब जयधर्म आचार्य बताउनु हुन्छ । उर्लाबारी ३ हजार ५ सय बिगाह क्षेत्रफलमा पुतली आकारमा फैलिएर रहेको छ । २०३६ सालको बहुदलिय व्यबस्थाको पुर्नस्थापना पश्चात यहाँ बस्ती बढ्न थालेपछि यहाँको बिकास सुरु भएको पाइन्छ । बिस्तारै यहाँ बसोबास बढ्न थालेपछि हाल आएरउर्लाबारी शहरीकरण तर्फ उन्मुख हुदैगएको छ ।

उर्लाबारी आफैमा बिबिध बिशेषता बोकेर देशमा परिचित छ । एक ताका यो गाबिस देशकै सबैभन्दा बढि पत्रपत्रीका निस्कने गाबिस भनेर निक्कै चर्चामा थियो । यहाँबाट साप्ताहिक पाक्षिक र मासिक गरेर एकदर्जन पत्रपत्रिका प्रकाशन हुने गर्दथे । गाबिस भएरपनि पर्याप्तमात्रामा संघसस्था सरकारी गैरसरकारी संस्था बित्तिय कारोबार गर्ने संस्थाहरुले धनि छ उर्लाबारी ।

यहाँ क्षेत्री बाहुन राइ्र लिम्बु धिमाल लगायतका बिभिन्न जातजातिको बसोबास रहेको छ । यस गाबिसमा कुल जनसंख्याको ५८ प्रतिशत महिला र ६८ प्रतिशत पुरुष साक्षर छन् । यस गाविसमा शिक्षा तर्फ एक सार्वजानिक क्याम्पस चार उच्च मावि र नौ वटा मावि विद्यालय रहेको छ । दर्जनको संख्यामा निजी बिद्यालय समेत खुलेकाछन् । चारवटा ठूला बैंक र ४० को हाराहारीमा वित्तिय कारोबार गर्ने सहकारी संस्था आधा दर्जन इलाका स्तरिय कार्यलय आधा दर्जन उधोगहरु साथै एकसय बिस भन्दा बढि विभिन्न सघसंस्थाहरु रहेका छन् ।
यस गाविसलाई बिगत दश बर्षदेखी नगरउन्मुख गाविस भनिदै आएको छ यदपी नगरउन्मूख भन्न थालिएको एक दशक बित्न लाग्दा पनि उर्लाबारी गाविस नगरपालिका हून सकेको छैन ।

जिल्लाकै दोस्रो ठूलो शहर भनिदै आएको उर्लाबारी गाविसमा नगरपालिका बन्नलाई आवश्यक पूर्वाधारहरु पूरा भैसकेको गाविस सचिव जयधर्म आचार्य बताउनुहुन्छ । नगरपालिकाबन्नलाई सामान्यतया ३० हजार जनसंख्या र गाविसको बार्षिक आम्दानी दश लाख हून पर्ने भएपनी यस गाविसमा ७५ हजार जनसंख्या रहेको र बार्षिक आम्दानी ८० लाख भन्दाबढि हूने उधोग बाणिज्य ंसंघ उर्लाबारीका अध्यक्ष भोलामान श्रेष्ठको भनाई छ । सरकारी पक्षबाट पटक पटक आश्वासन दिएपनि हाल सम्म नगरपालिका घोषणा नगरिएको उर्लाबारीबासीेले गुनासो गरेका छन् ।

नामाकरण:

  • आबादीकालमा यहाँ सतारहरुको बसोबास रहेको थियो । नजिकै घना जङ्गगल र बगरहरुमा कासझाडी रहेको र झाडीमा बाघहरु बस्ने गर्दथे । सतार सन्थाल हरुले बाघलाई उर्ला भन्ने गर्दथे र त्यही बाघ बस्ने ठाउँलाई उनिहरुले उर्लाबाडी भन्न थाले । त्यही सब्द अपभ्रम्स हुदै जनजिब्रोमा उर्लाबारी भन्न थालियो र यसठाउँकै नाम उर्लाबारी रहन गएको स्थानिय वृ¢वृ¢ा बताउछन् । अझैपनि हालको स्कुलडाडाँ क्षेत्रलाई बुढापाकाहरुले बाघखोर भन्ने गर्दछन् ।
  • विक्रम संबत् १९७० तिर आवाद गरिएको यस क्षेत्रमा घनाजगंल छेउमा बालुवारुपी बगर रहेको र बर्षायाममा स्थानिय नदिनाला बक्रहा मावा सुनझोडा र नुनसरी खहरे झै उर्लेर आउने भएकाले उर्लाबारी भन्न थालिएको हो भन्ने भनाई छ । नमाकरणका बारेमा माथिको भनाईहरु मिल्दोजुल्दो भएपनि यो भन्दा भरपर्दो तथ्यभने फेला पर्न सकेको छैन् ।

Urlabari is a town and Municipality in Morang District in the Koshi Zone of south-eastern Nepal which is considered as the second largest city in Morang District after Biratnagar. At the time of the 1991 Nepal census it had a population of 18224] At the time of the 2011 Nepal census it had a polulation of 35,166 and 8,165 households.

Urlabari Municipality
Country: Nepal
Coordinates: 26.67°N 87.61°E
Country: Nepal
Zone: Koshi Zone
District: Morang District
Population (2011): 35,166
Time zone NST (UTC+5:45)
Postal code 56604
Area code(s) 021

Website www.urlabarimun.gov.np

Urlabari on Google Map

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal