Health

मञ्जुद्वारा सहयोगको याचना

मोरङ उर्लाबारी–६ की २७ वर्षीया मञ्जु धिमाल राईको दुवै मिर्गौला फेल भएपछि उनी र उनको परिवार उपचारका सहयोगको लागि भौतारिरहेको छ ।
६ महिना अघि श्रीमान्को मृत्यु भएपछि दैनिक गुजारा गर्न सकस परिरहेकै बेला उनी मिर्गौलामा खराबी देखिएपछि थप पीडित भएकी हुन् । दुई सन्तानकी आमा समेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण गर्न धौधौ परेको छ । गत दुई महिनादेखि मिर्गौला रोगबाट थलिएकी उनी काठमाडौंमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरुले सुझाब दिएको बताउँछिन् ।
सरकारले डाइलोसिसमा निःशुल्क गरेपनि मिर्गौला प्रत्यारोपण मोटो रकम खर्चिनु पर्ने भएकोले उनी सहयोगको लागि सबैसँग आग्रह गर्छिन् ।
मिर्गौला प्रत्यारोपणको लागि उनलाई कम्तिमा १० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । मञ्जु धिमाल राईलाई सहयोग गर्नहरुले एनएमबी बैंकको खाता नम्बर ०५३२०७००५४ ७००९०००००१ मा रकम जम्मा गर्न सकिने छ ।

July 28, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal