Tourism

बेतिनीमा बोटिङ सुरुभएसँगै आन्तरिक पर्यटकहरुको आकर्षण

उर्लाबारीःमोरङको उर्लाबारी–२ स्थित बेतिनी सीमसारमा बोटिङ सेवा सुरु भएसँगै आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ । केही दिनअघिमात्र बोटिङ सेवा सुरु गरेको उक्त सीमसारमा आन्तरिक पर्यटकहरुको आकर्षण बढेको हो । बेतिनी सिमसार व्यवस्थापन समितिले पहिलो चरणमा दुई वटा डुंगा सञ्चालनमा ल्याएको छ । सीमसारमा रहेका पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो ।
सीमसारमा राखिएका डुंगा एक लाख ९० हजार रुपैयाँमा खरिद गरिएको अध्यक्ष कृष्ण दाहालले बताएका छन् । समितिले डुंगा चढे बापत प्रति व्यक्ति ५० रुपैयाँ लिने भएको छ । बेतिनी सीमसार परिसरमा बाल उद्यान निर्माण कार्यक्रम पनि भइरहेको समितिका सचिव गोपाल खरेलले बताएका छन् । सीमसारको शहर घोषणा गरिएको उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकूर सीमसार लगायत अन्य सीमसारहरु रहेका छन् ।

July 24, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal