Sports

यू–२३ फुटबल च्याम्पियनसिप २०१८ को छनोटमा लगातार दोस्रो हार

 नेपाली टिमले एएफसी यू–२३ फुटबल च्याम्पियनसिप २०१८ को छनोटमा लगातार दोस्रो हार बेहोरेको छ । यूएईमा भइरहेको प्रतिस्पर्धामा नेपालले सोमबार उज्वेकिस्तानसँग २–० को हार बेहोरेको हो ।
अल आइन सिटीस्थित तहनोन बिन मोहमद स्टेडियममा भएको खेलको २१ औं मिनेटमै उज्वेकिस्तानले अग्रता लिएको थियो । कर्नरमा प्राप्त अवसर डिफेन्डर तुरसुनोभ दोस्तोन्बेकले गोलमा परिणत गर्दै २१ औं मिनेटमा उज्वेकिस्तानलाई अगाडि बढाएका थिए । अर्को गोल दोस्रो हाफमा भएको थियो । सब्स्टिच्युट गानिएब अजिजोनले ८० औं मिनेटमा गोल थप्दै ३ अंक निश्चित गरेका थिए । उज्वेकिस्तान लगातार दुई जितसहित फाइनल चरण नजिक पुगेको छ ।

नेपाली टिमले पहिलो खेलमा घरेलु टिम यूएईसग ५–० को हार खेपेको थियो । लगातार
दोस्रो हारसँगै नेपाल लगभग छनोटबाटै बाहिरिने अवस्थामा पुगेको छ । यसअघि भएका दुई संस्करणमा पनि नेपालको यात्रा छनोटमै टुंगिएको थियो । अब नेपालले समूह ‘डी’ को अन्तिम खेलमा वुधबार लेबनानको सामना गर्नेछ ।

 

July 18, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal