Health

छोटो समयमै बिरामीको मन जित्दै गोदावरी हस्पिटल

पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा अवस्थित गोदावरी हस्पिटल प्रा. लि. स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ ।
पूर्वी मोरङमा रहेका बग्रेल्ती अस्पतालको माझमा आफ्नो छुट्टै पहिचान बनाउने उद्देश्यका साथ सञ्चालित यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दाे स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको हो । सामाजिक क्षेत्रमा प्रतिष्ठित र सामाजिक सेवामा समर्पित ब्यक्तित्व तथा विशेषज्ञ चिकित्सकहरुको संलग्नतामा सञ्चालित हस्पिटलले नाफाभन्दा बढी सेवामा ध्यान पुर्याउँदै आएको छ । २०७० सालमा स्थापना भएको उक्त हस्पिटलले अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले फरक रूपमा रहेको छ । हस्पिटलले अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी ख्यातिप्राप्त चिकित्सकहरूबाट विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । सुलभ मूल्यमा गुणस्तरीय र भरपर्दाे सेवा दिन थालेपछि हस्पिटलमा दैनिकजसो बिरामीको चाप बढ्न थालेको छ । सर्वसाधारणको स्वास्थ्यमा पहँुच विकास गराउनका लागि गोदावरीले विभिन्न सेवाहरुमा उपलब्ध गराइरहेको छ । ५ जना डाक्टरसहितको विशेषज्ञ डाक्टरहरुको टोलीले दैनिक बिरामीहरुको चेकजाँज गर्ने गरेका छन् । उक्त हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तरगत गरिब तथा असाह्यहरुको स्वास्थ्य सेवा पाउने अधिकारलाई लक्षित गर्दै विभिन्न छुट तथा निःशुल्क उपचारको ब्यवस्थासमेत मिलाउँदै आएको छ । उक्त हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तरगत ५० भन्दा बढीको निःशुल्क उपचारसमेत गरिसकेको छ । गरिब तथा विपन्न समूदायको अपरेशन तथा औषधिमा पनि कुनै शुल्क नलिएको सञ्चालक प्रकाश चौहानले बताएका छन् । अत्याधिक र आधुनिक प्रविधि सम्पन्न उक्त हस्पिटलमा पूर्वी मोरङका साथै झापालगायत स्थानबाटसमेत उपचारका लागि आउने गरेका छन् । हस्पिटलमा बिशेषज्ञ चिकित्सकहरूबाट दैनिक ओपिडी सेवा, २४ सैं घण्टा आकस्मिक सेवा, एनालाइजरसहितको ल्याव सेवा, डिजिटल एक्स रे सेवा, ईसिजी सेवा, हाड जोर्नी सम्बन्धि शल्यक्रिया, अन्तरंग सेवा, आधुनिक उपकरणहरूसहितको पोष्ट अपरेटिभ सेवा लगायत सेवा प्रदान गरिरहेका छन् । १ करोडभन्दा बढीको लगानीमा सञ्चालित उक्त हस्पिटलमा १५ बेड रहेका छन् । निकट भबिष्यमा ५० बेडको सुविधा सम्पन्न आफ्नै भवन बनाउने, ल्याव कोली सञ्चालन गर्ने लक्ष्य रहेको उनले सुनाए । सबैका लागि गुणस्तरीय स्वास्थ्यको अवधारणाअनुरूप सर्वसाधारणले पनि धान्न सक्ने गरी स्वास्थ्य सेवा प्रदान गर्दै आएको सञ्चालक रविन कार्कीको भनाई छ ।

July 14, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal