Agriculture

मिक्लाजुङमा कफी खेतिसम्बन्धि अन्तरक्रिया

उर्लाबारी: असार कफी खेतीको सम्भाव्यता बोकेको मोरङको मिक्लाजुङ १ रमितेखोलामा कफी खेती सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय लावा कृषि सहकारी संस्थाको आयोजनामा गरिएको अगुवा कृषकको भेलामा कृषिको विकासका लागि सम्भाव्य अध्ययन कार्यक्रम सुरु भएसँगै स्थानीय किसानहरुमा नयाँ उत्साह थपिएको छ ।

किसानहरुलाई कुम्भकर्ण कृषि फर्म तथा राष्ट्रिय चिया बोर्डका सदस्य भोजराज श्रेष्ठ, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विर्तामोडका मिनबहादुर लिम्बूलगायतले कफीको विकासका लागि सुझाव दिएसँगै कृषकहरुमा केही सकारात्मक उत्साह थपिएको हो । स्थानीय चुलाचुली महिला भवनमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखाका प्रवन्धक प्रभू पोखरेलले कृषकहरुका लागि सहकारी मार्फत ऋण प्रवाहका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्थानीय अगुवा कृषकहरुले कफी खेती सम्बन्धि जिज्ञासा समेत राखेका थिए । यसअघि परम्परागत खेतीका रुपमा रहँदै आएका अम्लिसो, अलैंचीलगायतबाट भन्दापनि कफी खेतीबाट मनग्य आम्दानी गर्न सकिने लावा कृषि सहकारी संस्थाका अध्यक्ष कविन्द्र चाम्लिङ राईले बताउनुभयो । वडाध्यक्ष जीवन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व गाविस अध्यक्ष हस्तबहादुर राईलगायतको उपस्थिति रहेको थियो । कफी दीर्घकालीन नगदेबाली भएको हुनाले अन्न तथा अरू बालीहरूको तुलनामा यसबाट कृषकलाई बढी लाभ हुन्छ । कुनै समय विदेशी पर्यटक र ‘एक्सपट्रियट’ ले मात्र कफी पिउँछन् भन्ने नेपाली सोच रहकोमा अब यो पेयले उल्लेख्य घरेलु उपभोक्ता प्राप्त गरिसकेको छ । तसर्थ, नेपाली कफीलाई गुणस्तरमा सम्झौता नगरी व्यावसायिक खेतीतर्फ उन्मुख गराउन सके आत्मनिर्भरता प्राप्त गर्नुका साथै अन्य बहुआयामिक फाइदा लिन सकिनेछ ।

July 14, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal