Agriculture

उर्लाबारीलाई च्याउ पकेड क्षेत्र बनाइने

 

उर्लाबारीः‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तरगत मोरङको उर्लाबारीमा बिहीबार च्याउ कृषकहरु अन्तरक्रिया गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत एक गाउँ एक उत्पादनमा उर्लाबारी च्याउ खेतीमा परेको थियो । सोही कार्यक्रम अन्तरगत उर्लाबारी उद्योग बाणिजय संघ उर्लाबारीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उर्लाबारीलाई च्याउ पकेड क्षेत्रका रुपमा विकसित गर्न सकिने र त्यसका लागि आवश्यक सहयोग गर्ने कृषि सेवा केन्द्रका प्रमुख मोहन मिश्रले बताएका छन् । दैनिक एक हजार केजी च्याउ उत्पादन हुँदै आएको उर्लाबारी–७ का आधुनिक च्याउ उद्योग र उर्लाबारी–३ को बिनय च्याउ उद्योग लगायत सञ्चालमा रहेका छन् । च्याउ उद्योगहरुलाई सहजीकरण, प्रशिक्षण, सामग्री खरिदलगायतमा सहयोग गर्ने उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) ले बताएका छन् ।

स्थानीय बस्तुको पहिचान, गुणस्तरीय तथा ब्यावसायिक उत्पादन, मूल्य अभिबृद्धि, ब्राण्डिङ्ग, आन्तरिक तथा बाह्य बजार प्रवद्र्धन र ग्रामीण समुदायमा रोजगारको सृजना तथा आयस्तर बृद्धिका लागि उक्त कार्यक्रम थालिएको उनले जानकारी दिएका छन् । अन्तरक्रिया कार्यक्रममा च्याउ कृषक देबेन्द्र बस्नेत, उदयचन्द्र श्रेष्ठ, नरबहादुर मोक्तान, बाणिज्य संघका सल्लाहकार ज्ञानेन्द्र ओलीलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन उद्योग सचिब मीरा भट्टराईले गरेकी थिइन् भने संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) को सभापतित्वमा भएको थियो । उर्लाबारीमा उत्पादन गरेको च्याउ पूर्वका विभिन्न जिल्लाहरुमा खपत हुने गरेको छ । उर्लाबारीलाई च्याउको शहरका रुपमा चिनाउन सकिने आधारहरु रहेको सहभागीहरुले बताएका छन् ।

July 13, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal