Photo News

एनएमबी बैंकद्वारा जनप्रतिनिधिहरुलाई शुभकामना दियो

एनएमबी बैंकले स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार बधाई तथा शुभकामना दिएको छ ।
उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागुलगायतलाई बैंकले सफलताको कामनासहित बधाई ज्ञापन गरेको हो । बैंकका क्षेत्रीय प्रबन्धक उत्सव घिमिरेको सभापतित्व एबं उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा नं. ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेल, वडा नं. ७ का वडाध्यक्ष बीरबल थापालगायत सदस्यहरुको सहभागिता रहेको थियो । उपमेयर लक्ष्मीदेवी भण्डारीलगायत केही वडाध्यक्षहरु अन्य कार्यक्रममा गएका कारण उपस्थित भएनन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले बैंकहरुले सहज रुपमा जनताहरुलाई ऋण प्रवाह गर्नु पर्नेमा जोड दिएका छन् । उनले नवनिर्वाचित जनप्रनिधिहरुलाई बधाई दिँदै जनताको हितमा काम गर्न आग्रह गरेका छन् । त्यस्तै, मेयर फागुले ठूला ब्यापारीहरुलाई मात्र होइन निम्न स्तरका ब्यापारहरुलाई सहज रुपमा सेवा प्रदान गर्न बैंकहरुलाई आग्रह गरेका छन् । उनले जनताका कामहरुलाई बैंकहरुले सहज र सरल तरिकाले गर्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका डिएसपी नवराज बोहोरा, उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत अम्बिका चौलागाई, उर्लाबारी नगरविकास समितिका अध्यक्ष दिपेन्द्र धिमाल, समाजसेबी जयधर्म आचार्य, तेजकुमार रिजाललगायतको उपस्थिति थियो ।
शब्दः सरोज बस्नेत÷तस्बीरः सुरज घिमिरे

July 11, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal