Blog, Society

पाठक पत्र: मैले चिनेको खड्ग फागो


केही समयअघि भान्जालाई निमोनिया भएर उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो । त्यहाँ चिनजानको कोही सम्बन्धित ब्यक्ति नभएका कारण उपचारमा केही समस्या देखियो । भान्जाको अवस्था जटिल बन्दै गइरहेको थियो । त्यही बेला साथीले खड्ग फागोलाई फोन गर्न सल्लाह दिए । त्यसपछि अन्जान भएपनि मैले फोन गरें । उहाँलाई फोन गरेको केही समयमै डाक्टरसहितको प्राविधिक टोलीले उपचारमा खटियो । सक्रियतापूर्वक डाक्टरहरुको टोलीले बचाउने प्रयास गरेपनि अन्त्यत भान्जाले बीस महिनामै प्राण त्याग गरें । खड्ग फागोले म अन्जान ब्यक्तिले फोन गरेकै भरमा ठूलो गुन लगाउनु भयो । हामीले भान्जालाई बचाउन नसकेपनि उहाँले लगाएको गुन हाम्रो लागि ठूलो बन्यो । उहाँ एकदम सहयोगी ब्यक्ति भएको मैले पाए । उहाँ उर्लाबारी नगरपालिकाको प्रमुखमा अत्याधिक मतका साथ विजयी हुँदाको क्षण निकै खुशी लाग्यो । पार्टीभन्दा माथी उठेर जनताको हितमा काम गर्ने ब्यक्ति हामीले आज उर्लाबारीको नेतृत्वमा पाएका छौं । मलाई विश्वास छ, उहाँले उर्लाबारीलाई समृद्ध र नमूना शहर बनाउन अथक प्रयास गर्नुहुनेछ । पाँच बर्षभित्रमा उर्लाबारी नेपालकै नमूना नगरपालिका बनाउन उहाँको अतुलनीय योगदान रहने मैले अपेक्षा लिएको छ । उहाँलाई सफल कार्यकालको शुभकामनासहित बधाई पनि दिन चाहन्छु ।
सन्तोष तामाङ
उर्लाबारी–७, मोरङ

July 10, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal