Entertainment

निशान लाई नेपाल आइडल बनाउन उर्लाबारीबासी जुट्दै

उर्लाबारीका प्रतिभाशाली गायक निशान भट्टराईले नेपाल आइडलमा लगातार उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । प्रत्येक बिहिबार बेलुका ८ः४५ बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ११ मा पुगेका गायक भट्टराईलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’को अडिसन २०७३ माघबाट सुरु भएको थियो । विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करणलाई एपी वान टेलिभिजनले प्रस्तुत गरिरहेको छ । यस गायन प्रतियोगिताका लागि संगीतकार न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् । सन् २००१ मा बेलायतका टेलिभिजन प्रोड्युसर साइमन फुलरले सुरु गरेको यो रियालिटी शो विश्वका विभिन्न मुलुकमा चर्चित छ । बेलायतमा पप आइडलका रूपमा परिचित यो सांगीतिक प्रतिस्पर्धा बाँकी देशमा सम्बन्धित देशको नामसँग आइडल जोडेर परिचित छ । अमेरिकी टेलिभिजन फक्स च्यानलले सन् २००२ बाट यो शोलाई अमेरिकन आइडलका रूपमा सञ्चालन गरेपछि विश्वव्यापी रूपमा यसको चर्चा सुरु भएको हो । अमेरिका, अस्टे«लिया, अरब, इन्डोनेसिया, न्युजिल्यान्ड, ल्याटिन अमेरिका, पोल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र भारतपछि फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण नेपाल आइडल सुरु भएको हो ।

पछिल्लो समय स्तरीय र व्यवस्थित गायन प्रतियोगिता हुन नसकिरहेका बेला सुरु भएको नेपाल आइडलका कारण हजारौं संगीतप्रेमी युवा उत्साहित छन् । विश्वमा टेलिभिजन च्यानलले आयोजना गरेका विभिन्न रियालिटी शोले जसरी सफलता चुमेको छ त्यसरी नै नेपाल आइडल नेपाली सांगीतिक क्षेत्रका लागि मानक हुने विश्वास गरिएको छ । अग्निपरीक्ष राउण्ड, थिएटर राउन्डपछि पियानो राउण्ड हुँदै चौथो चरणअन्तर्गत गाला राउन्डमा विजयी भएर अन्तिम चरणमा प्रवेश गर्दै उर्लाबारी मोरङका विशिष्ट प्रतिभा निशान भट्टराई नेपाल आइडलको उत्कृष्ट १० मा पर्न सफल भएका छन् । सिकाई र प्रतिभाको हिसाबले प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट भएको कारण उनलाई प्रथम नेपाल आइडल बनाउन उर्लाबारीबासीहरु जुटेका छन् । बुबा नित्या नन्द भट्टराई र आमा रेनुका भट्टराईको कोखबाट कान्छो सुपुत्रको रुपमा वि.सं. २०५३ साल जेठ २९ गते मोरङको उर्लाबारीमा उनको जन्म भएको हो । उनको प्रारम्भिक शिक्षा उर्लाबारीकै भृकुटी मोडल एकेडेमीबाट सुरु भएको हो । सानैदेखि संगीतको पारखी भएकाले सोही विद्यालयबाट संगीतको पनि प्रारम्भिक शिक्षा गुरुहरू विशाल राई र लिला पौडेलबाट सुरु गरेका थिए । उनले उर्लाबारीको बिहानी कलाकेन्द्रमा पनि लामो समयसम्म गुरुहरू कमला खनाल र यशोदा शाक्यसँग संगीतको शिक्षा लिएका छन् । उच्च माध्यमिक विद्यालयको पढाई सकिएसँगै काठमाण्डौको शंकरदेव क्याम्पसमा व्यवस्थापन विषय पढ्दै हाल मुर्छना संगीत विद्यालयमा गुरु मनोजराज शिवासँग संगीत पनि सिकिरहेका छन् । उनका गुरु मनोजराज शिवाका अनुसार उनी विशिष्ट प्रतिभा हुन् त्यसैले नेपाल आइडलका उनी दाबेदार हुन् । निशान भट्टराईलाई जिताउनको लागि vote गर्ने तरिका 07 type गरेर तेस्लाइ 35225 मा पठाइदिनुहोला। (बिहिबार राती 8:45 देखि सुक्रबार दिउँसो 12 बजे सम्म)
अब बाट यहाँहरुले एउटा मोबाइल बाट जति पनि vote गर्न सक्नु हुनेछ। उर्लाबारीको शान भएकाले निशानलाई जिताउन अभियानै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

July 10, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


ONE COMMENT ON THIS POST To “निशान लाई नेपाल आइडल बनाउन उर्लाबारीबासी जुट्दै”

  1. chandra says:

    बिदेश्मा हुने ले चै एकपल्ट भन्दा धेरै गर्न नै पाईदैन त, त्यो पनि ईन्टरनेट नै छैन भन्छ ! any other idea to vote for him more from abroad.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal