Society

उर्लाबारीका जनप्रतिधिले गरे सपथ ग्रहण

 



सरोज बस्नेत,उर्लाबारीःस्थानीय तहको निर्वाचनबाट निर्वाचित मोरङको उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई आइतबार सपथ ग्रहण गराइएको छ ।
निर्वाचन अधिकृतको कार्यालय उर्लाबारी नगरपालिकाका प्रमुख अम्बिकाप्रसाद चौलागाईले मेयर खड्गबहादुर फागु, उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. १ का वडाध्यक्ष मछिन्द्र कार्की, २ नम्बरका वडाध्यक्ष राजनकुमार कँडेल, ३ नम्बरका वडाध्यक्ष गञ्जबहादुर कार्की, ४ नम्बरका वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, ५ नम्बरका वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, ६ नम्बर वडाध्यक्ष चिन्तामणि पौडेल, ७ नम्बर वडाध्यक्ष बीरबल थापा, ८ नम्बर वडाध्यक्ष कुलबहादुर कार्की र ९ नम्बर वडाध्यक्ष बमबहादुर फ्याकलाई सपथ ग्रहण गराएका हुन् । त्यस्तै, मेयर फागुले दलित महिला सदस्य, महिला सदस्य तथा खुल्ला सदस्यहरुलाई आइतबारै सपथ ग्रहण गराएका छन् । सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एबं सांसद पर्तमान धिमालले जनताका काम प्रभावकारी रुपमा अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । जनताको काम छिटो र छरितो तरिकाबाट अघि बढाउनु पर्नेमा उनले जोड दिएका छन् । मेयरका प्रत्यासी तथा एमालेका ९ नं. क्षेत्रीय इन्चार्ज भूपाल जिमीले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिँदै जनताका काम इमान्दारिताका साथ गर्न सुझाव दिएका थिए । सपथ ग्रहण कार्यक्रममा सशस्त्र प्रहरी बेश क्याम्प उर्लाबारीका डिएसपी नवराज वोहोरा, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
उर्लाबारी नगरपालिका, मधुमल्ला ७, ८ र ९ र राजघाट गाविस गाभेर उर्लाबारी नगरपालिका बनाइएको उर्लाबारी नगरपालिकामा ९ वडा कायम गरिएको छ । कुल जनसंख्या ५४ हजार ६ सय ९६ जनसंख्या रहेको उर्लाबारी नगरपालिकामा ३४ हजार ४ सय ९६ मतदाता रहेका थिए । जसमध्ये २४ हजार ६ सय ३३ मत खसेको थियो ।
एमालेको गढ र लालकिल्ला भनेर चिनिँदै आएकोे उर्लाबारी नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार खड्गबहादुर फागुले ११ हजार ६ सय ३२ मत ल्याएर मेयरमा निर्वाचित भए । फागुले तीन हजार ९० मत अन्तरले एमाले उम्मेदवार भूपालसिं जिमीलाई हराएका हुन् । जिमीले आठ हजार पाँच सय ४२ मत ल्याए । यसअघि भएका मध्ये २०६४ सालको पहिलो संविधानसभा र २०७० सालको दोस्रो संविधानसभा निर्वाचन बाहेक यो क्षेत्रमा एमाले विजयी हुँदै आएको थियो । उर्लाबारीको सबैभन्दा जेठो जनप्रतिनिधि एमालेका बमबहादुर फ्याक लिम्बू र कान्छो जनप्रतिनिधि एमालेकै रविन लामा बनेका छन् । फयाकको उमेर ६६ र लामाको उमेर २६ रहेको छ । कुनै बेला मोरङ ९ नम्बर क्षेत्रमा चुनाव जितेको माओवादी यसपटकको चुनावमा उर्लाबारीबाट पत्ता साफ भएको छ ।

July 10, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal