Entertainment, Photo News, Society

उर्लाबारीकी शान मिस नेपाल निकितालाई गृह नगरमा भब्य सम्मान

मिस नेपाल २०१७ की बिजेता उर्लाबारी–६ निवासी २२ बर्षीया निकिता चाण्डकलाई गृह नगर उर्लाबारी बिभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।
उर्लाबारी चोकमा निकिता चाण्डक जिताउ अभियान र मारवाडी युवा समाजले निकिताको सम्मानार्थ कार्यक्रमको आयोजना गरेको थियो । उनलाई उर्लाबारी जेसीज, मारवाडी सेवा समिति, हाम्रो साकोस ,मैथिली समाज उर्लाबारीलगायत संघसंस्थाले सम्मान गरेका थिए । सम्मान कार्यक्रमपछि उनलाई उर्लाबारी र दमकका बिभिन्न स्थानमा र्यालीसहित परिक्रममा गराइएको मारवाडी युवा मञ्चका महासचिब सुनिल अग्रवालले जानकारी दिएका छन् ।

निकितालाई परिक्रममा क्रममा खदा र फुलगुच्छाले स्वागत गरेका थिए । उर्लाबारीवासी निकिताले आफूलाई जिताउन सहयोग गर्ने सबैलाई एकमुष्ट धन्यवाद दिएकी छिन् । सम्मानपछि आफ्नो जिम्मेवारी र सामाजिक उत्तरदायित्व बढेको निकिताले बताईन् । यसैबीच मिस नेपाल चाण्डकलाई गृहनगर उर्लाबारीमा भव्य स्वागत गरिएको छ । गृहनगर आइपुग्दा उनलाई उनका हजारौं प्रशंसकले स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै निकिताले आफू अत्यन्तै हर्षित र उत्साहित भएको प्रतिक्रिया दिइन् । मेरो जित तपाई सम्पूर्ण नगरवासी माझ बाँड्न चाहन्छु । मिस नेपालको ताज जित्न यहाँ रहेका परिवार, आफन्त, गुरुबर्ग अनि अन्य विभिन्न संघसंस्थाको ठूलो भूमिका रहेको भन्दै उनले सबैलाई धन्यवाद पनि दिइन् ।  उनले मिस वल्र्ड २०१७ का लागि निकै मिहेनत गर्ने  बताईन् । सम्पूर्ण नेपाल र नेपालीको शिर उचो राख्न आफूले नेपालको प्रतिनिधित्व गरेको बताउँदै मिस वल्र्डमा उपाधि चुम्नु आफ्नो मुख्य उद्देश्य रहेको उनले बताइन् ।

June 16, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal