Technology

प्रविधिमा फड्को मार्दै वाइजन

२१ औं शताब्दीसँगै जमाना सूचना प्रविधिको । सूचना प्रविधिमा आकर्षण ह्वात्तै बढेको छ । के शहर, के गाउँ, मानिसहरू सूचना प्रविधिमा मस्त छन् । सूचना प्रविधिको प्रयोगले विश्वलाई नै खुम्च्याएको छ । साथै यसले रोजगारीमासमेत आयाम ल्याएको छ । यसअघि रोजगारीकालागि युवाहरू विदेसिनुपर्ने बाध्यता थियो । तर, यतिबेला सूचना प्रविधिको प्रयोगबाट स्वदेशमै आम्दानीको गतिलो उदाहरण पेश गरेका छन् । मोरङ उर्लाबारीका युवा यसका प्रतिनिधि पात्रमात्र हुन् । पाँच बर्ष कोरियामा बसेर फर्किएका नविन श्रेष्ठ, सूचना प्रविधिको क्षेत्रमा केही गर्ने सोचका साथ उर्लाबारी–५ मा वाइजन इन्टरनेट कम्पनी सञ्चालनमा ल्याएका छन् । श्रेष्ठ प्रवन्धक निर्देशक रहेको कम्पनीमा प्रेम श्रेष्ठ, रविन श्रेष्ठलगायत छन् । २०७३ सालमा स्थापना भएको कम्पनीले झापा, मोरङ र सुनसरीमा पनि आफ्नो सेवा विस्तार गरेको छ भने करिब एक सय जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको छ । करिब ५ करोड रूपैयाँको लगानीमा सञ्चालित कम्पनीले २ सय ५० किलोमिटरभन्दा बढी अप्टिकल फाइवरमार्फत उच्च गुणस्तरको इन्टरनेट प्रभाव गरिरहेको छ । झापा, मोरङ र सुनसरीका सबै बासिन्दालाई सर्वसुलभ तरिकाले सबैलाई इन्टरनेटको पहुँचमा पुर्याउने आफूहरूको लक्ष्य रहेको प्रबन्धक निर्देशक नविन श्रेष्ठले बताए । उनले इन्टरनेटलाई समय सापेक्ष बनाउँदै लैजाने योजना रहेकोसमेत बताए । उनले भने, ‘इन्टरनेटमार्फत ब्यापार ब्यवसायको प्रबद्र्धन गर्दै सबैलाई इन्टरनेटको पहँुचमा पुर्याउने हाम्रो लक्ष्य छ ।’ उनका अनुसार कम्पनीले हाल उर्लाबारी, पथरीशनिश्चरे, इहटरा, राजघाट, विराटचौक, दमक, चतराधाम, इटहरीलगायत झापा, मोरङ र सुनसरीमा करिब २ हजारभन्दा बढीलाई इन्टरनेट सेवा प्रदान गरेको छ । यस्तै, अध्यक्ष प्रेम श्रेष्ठले इन्टरनेट सेवाको पहुँच सहज, भरपर्दाे र मितव्यापी बनाउने लक्ष्यका साथ आफूहरूको योजना रहेको बताए । उनले इन्टरनेट सेवा विस्तार गरी सूचना प्रविधिमा नमूना बनाउने लक्ष्य रहेको जनाए ।

June 9, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


4 COMMENTS ON THIS POST To “प्रविधिमा फड्को मार्दै वाइजन”

  1. Prashant Bhattarai says:

    bro news halda data chai sahi-sahi hallnu parne vayo hai..

    • Saroj Basnet says:

      डाटा दिने काम कम्पनीबाटै भएको हो । चित्त नबुझे कम्पनीमै कुरा गर्न सक्नु हुनेछ ।

  2. Ram Bahadur Ghale says:

    Katro badai chadai garera news post gareko yeho patrakar le? yzone le ramro paisa deya jasto 6 Yeho patrakar lai

    • Saroj Basnet says:

      आफ्नो सोच जस्तो छ । त्यस्तै नसोचौं । उर्लाबारीका युवाहरुले केही गर्ने सोच राख्नु हाम्रा लागि ठूलो कुरा हो । पैसामा सवथोक नसम्झनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal