Interview

‘नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति छनौट गरी मतदान गर्नुहोस्’

लोकनाथ पौडेल उर्लाबारी वडा नं. ५ बाट वडाध्यक्षमा उठ्दै छन् । नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षका उम्मेद्वार बनेका पौडेल निष्पक्ष र सत्यका पक्षमा वकालत गर्ने ब्यक्तिका रुपमा चिनिन्छन् । उर्लाबारी वडा नं. ५ लाई समृद्ध र नमूना बनाउने अटोठका साथ जनताका घरदैलोमा पुगिरहेका पौडलसँग चुनाबी बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानीः लोकनाथ पौडेल उर्लाबारी वडा नं. ५ बाट वडाध्यक्षमा उठ्दै छन् । नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षका उम्मेद्वार बनेका पौडेल निष्पक्ष र सत्यका पक्षमा वकालत गर्ने ब्यक्तिका रुपमा चिनिन्छन् । उर्लाबारी वडा नं. ५ लाई समृद्ध र नमूना बनाउने अटोठका साथ जनताका घरदैलोमा पुगिरहेका पौडलसँग चुनाबी बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानीः 

तपार्ई वडाध्यक्षको उम्मेद्वार बन्नु भएको छ, तयारी कसरी अगाडि बढाइरहनु भएको छ ?
–उर्लाबारी वडा नं. ५ का मतदाताहरुको घरदैलोमा पुगेर मत माग्ने काम भइरहेको छ । उर्लाबारी नगरपालिकाका मेयरका उम्मेद्वार राजेन्द्र पौडेलसहितको सामुहिक टिमले वडा नं. ५ मा घरदैलो कार्यक्रम समापन गरिसकेको अवस्था  छ भने ब्यक्तिगत रुपमा पनि मैले मतदाताहरुको घरमै पुगेर भोट मागेको छु ।
जनताको घरदैलोमा पुगिरहनु भएको छ, प्रतिकृया कस्तो पाउनु भयो त ?
–२० बर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनप्रति सबैमा उत्साह रहेको पाएको छु । मैले मतदाताहरुलाई एक पटक तपाईहरुको प्रतिनिधि भएर काम गर्ने अवसर दिनुहोस् भन्दा उहाँहरुबाट सकारात्मक प्रतिकृया पाएको छु । उहाँहरुकै प्रतिकृयाको कारण मैले जित्ने सम्भावनाहरु देखेको छु ।
 तपाईंलाई भोट दिने आधार के छन् त ?
–मैले अहिलेसम्म कसैको अहित हुने काम गरेको छैन । विभिन्न संघसंस्थामा आबद्ध भई समग्र उर्लाबारीलाई अग्रगतिमा लैजाने अभियानमा सधैं सहयोगी भई काम गरेको छु । हाम्रा एजेण्डा र स्थानीय स्तरमा हामीले गरेका गतिबिधि पनि मेरो जीतका आधार हुन् । हरेक विकास निर्माणका साथै सामाजिक गतिबिधिमा हामीले जनतासँग हातेमालो गर्दै काम गरेका छौं । र, हामी सधैं जनतासँग जोडिएर काम गर्ने छौं ।
उर्लाबारी वडा नं. ५ लाई समृद्ध बनाउने तपाईंका एजेण्डा के–के छन् ?
–उर्लाबारी वडा नं. ५ मा रहेको बक्राहा खोलालाई दिगो तटबन्धन गर्दै हरित वडाको रुपमा विकसित गराउन पहल गर्नेछु । झुम्रा सडकमा पुल, खानेपानी, विजुली बत्ती, सडकको स्तरउन्नती, सञ्चारलगायतको सुविधा पुर्याउन लागि पर्ने छु । वडा नं. ५ मा वारी र पारीको मुख्य समस्या छ । त्यसलाई अन्त्य गर्दै नमूना र समृद्ध वडाका रुपमा विकसित गराउनेतर्फ ध्यान दिनेछु ।  कृषि योग्य जमिनमा भइरहेको प्लटिङ र अब्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्नेमा पहलकदमी गर्नेछु । साथै स्वास्थ्य, शिक्षा, खेलकुद लगायत आधारतभूत कुरा मेरो एजेण्डाभित्र पर्दछन् ।
चुनाबका बेला सबैले आश्वासन बाँड्छन्, नि हैन ?
–मैले सडक कालोपत्रे गर्छु भन्दै भोट मागेको छैन, यो विकासको एउटा प्रक्रिया हो । हामीले सडक कालोपत्रेका लागि पहलकदमी गर्ने हो, सडक कालोपत्रे गर्ने काम सडक विभाग वा अन्य सम्बन्धित निकायको हो ।   विकास एकै पटकमा हुने कुरा पनि होइन । तर, पाँच बर्षभित्रमा उर्लाबारी वडा नं. ५ लाई नमूना बनाउने योजना मसँग छ । म खोक्रो आश्वासनको पोको बोकेर होइन, जनताका आधारभूत आवश्यकता सहितको समृद्ध उर्लाबारी वडा नं. ५ को परिकल्पनाका साथ जानेछु ।
अन्त्यमा के भन्न चाहन्नुहुन्छ ?
–असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रको गोलकारभित्रको हँसिया हथौडा चुनाब चिन्हमा मतदान गरी अत्याधिक मतका साथ विजयी गराउनु हुन सम्पूर्ण मतदातालाई अनुरोध गर्दछु । पाँच बर्षका लागि नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति छनौट गरी मतदान गर्नुहुने छ भन्ने पनि मैले अपेक्षा लिएको छु ।

June 9, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal