Education

ए–लेभलको पढाई विराटनगरमै हुने

उर्लाबारीःएसईईपछि ए–लेभल पढ्ने बिद्यार्थीहरुले काठमाडौं जानु पर्ने बाध्यता अब हट्ने भएको छ ।
पूर्वाञ्चलमै पहिलो पटक मोरङको विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन यूरो कलेजमा विश्वकै उत्कृष्ट क्याम्ब्रिज विश्वविद्यालयको ए –लेभल कोर्ष पढाइने हुने भएपछि काठमाडौं जानु पर्ने बाध्यता हट्ने भएको हो । आफ्नै क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको अभावले पूर्वाञ्चलका बिद्यार्थीहरु काठमाडौं जानु पर्ने बाध्यतालाई मध्यनजर गरी विगत १२ बर्षदेखि यसै क्षेत्रमा लागेका दक्ष र अनुभवी शिक्षकहरुद्वारा ए–लेभल पढाई सुरु गर्न लागेको कार्यक्रम संयोजक मनिस चौधरीले जानकारी दिएका छन् । ‘एसईई वा सो सरहपछि बिद्यार्थीहरुलाई  विश्वविद्यालय प्रवेश गराउनु पूर्वको शिक्षा ए–लेभल हो’ उनले भने–‘यो तह उत्तिर्ण गरेपछि विद्यार्थीहरुले विश्वको कुनैपनि विश्वविद्यालयमा स्नातक स्तरको अध्ययनका लागि आवेदन दिन पाउँछन् ।’ विश्वको राम्रो कलेजमा भर्ना तथा छात्रबृति पाउनका लागि ए–लेभल पढाईले सहज बनाउने उनको भनाई छ । आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पढेर विश्वका विभिन्न मुलुकमा अध्ययन गर्ने उत्कृष्ट अवसर ए–लेभल कोर्षले दिने उनले बताएका छन् । ‘ए–लेभल कोर्षको पाठ्यक्रम, शिक्षण प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ प्रणाली, सबै क्याम्ब्रिज विश्वविद्यालयले तय गरेको हुन्छ’ उनले भने ।

June 7, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal