Health

स्वास्थ्य नागरिकहरुको आधारभूत आवश्यकताः प्रवक्ता डोटेल

अरनिकोमा निःशुल्क प्रसुति सेवा सुरु

उर्लाबारीः स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले स्वास्थ्य नागरिकहरुको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारले त्यसलाई गम्भिर रुपमा लिएको बताएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ स्कुलडाँडास्थित अरनिको हस्पिटल प्रा.लि.को चौंथो वार्षिकोत्सव तथा आमा सुरक्षा कार्यक्रम उद्घाटन गर्दै प्रवक्ता डोटेलले सो कुरा बताएका हुन् । उनले ७ सय ४४ वटा स्थानीय तहमा प्राथमिक स्वास्थ्य केन्द्र हुने बताउँदै थप हुने स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने चिकित्सकको व्यबस्थापनका लागि स्वास्थ्य मन्त्रालय लागि परेको बताएका छन् । जनतालाई सहज रुपमा सेवा प्रदान गर्नु राज्यको दायित्व पनि भएको उनको भनाई छ । सरकारले आफ्नै लगानी वा स्वीकृति दिएर निजी लगानीमा हस्पिटल सञ्चालन गरेपनि मापदण्ड अनुसार चल्नु पर्ने धारणा राखेका छन् । सबै नेपाली जनताको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन थप तीन हजार चिकित्सक आदावश्यक पर्ने उनको भनाई छ । चिकित्सक उत्पादनका लागि प्रत्येक अञ्चल अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरिरहेको पनि उनले  जानकारी दिएका छन् । स्वास्थ्य सम्बन्धी बढ्दो जनचेतना र गुणस्तरीय स्वास्थ्य सेवाका कारण नेपालमा औसत आयु वृद्धि भएको दाबी गर्दै स्वास्थ्य प्रवक्ता डोटेलले घरआँगन मै स्वास्थ्य सेवा उपलव्ध गराउने प्रत्येक स्थानीय तहमा १५ शैयाको प्राथमिक अस्पताल सञ्चालन गर्ने सरकारी नीति रहेको प्रष्ट पारेका छन् । यस्तै, जिल्ला जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहेताले सरकारले प्रदान गरेको निःशुल्क स्वास्थ्य सेवाका लागि कतिपय निजी अस्पतालले शुल्क लिने गरेको जनगुनासो प्राप्त भइरहेको भन्दै सरकारसँगको साझेदारीमा सञ्चालित सेवामा कुनैपनि शुल्क नलिन निर्देशन दिएका छन् । उनका अनुसार मोरङमा चार वटा निजी हस्पिटलले निःशुल्क प्रसुति सेवाको अनुमति पाएका छन् ।  कार्यक्रममा नेपाली कांग्र्रेसका क्षेत्रीय सभापति एबम् मेयरका उम्मेदवटललार खड्ग फागो, राप्रपाको तर्फबाट मेयरका उम्मेदवार विनोद पोखरेलले सरकारी अस्पतालको तुलनामा निजी अस्पतालले अभुतपूर्व स्वास्थ्य सेवा प्रदान गरिरहेको र  विपन्न समुदायको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । उर्लाबारी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तारामान सेरेङ, अस्पतालका प्रबन्ध निर्देशक चिरञ्जवी चुँडाल,  डा.सन्दिप अधिकारीलगायतले बोलेका थिए । अस्पताल सञ्चालक समितिका अध्यक्ष लोलिम पोमु लिम्बूको  अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलमा कार्यरत एक दर्जन बढी डाक्टर तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

araniko-hospital-urlabari-team

यसैगरी राष्ट्रिय आमा सुरक्षा कार्यक्रम अन्तरगत मोरङको उर्लाबारीस्थित अरनिको हस्पिटल प्रा.लि. मा पनि  सोमबारदेखि निःशुल्क प्रसुति सेवा सुरुवात भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा निःशुल्क प्रसुति सेवा सुरुवात गरेको हो ।  हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बूका अनुसार नर्मल,जटिल र अपरेशन गर्नेसम्मका सेवाहरु निःशुल्क हुनेछन् । सुलभ र सरल एबं सुरक्षित गर्भपतन सेवासमेतलाई ब्यवस्थित बनाउने अध्यक्ष लिम्बूले जानकारी दिएका छन् । मोरङ जिल्लाको विरानगरबाहिर उर्लाबारीमा पहिलो पटक  दुई बर्षे सम्झौता अनुरुपमा सोमबारदेखि औपचारिक रुपमा निःशुल्क प्रसुति सेवा सुरुवात गरेको उनको भनाई छ । हस्पिटलले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको नीति एबं निर्देशिका बमोजिम कूल शैयाको १० प्रतिशत निःशुल्क गरेको अध्यक्ष लिम्बूले जानकारी दिएका छन् । जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुलाई ५० प्रतिशत छुटमा उपचारको ब्यवस्था मिलाएको पनि उनले बताएका छन् । हस्पिटललाई निकट भबिष्यमा एक सय शैयामा रुपान्तरण गर्ने, मृगौला रोगीहरुलाई डायलासिस सेवा निःशुल्क गर्ने, निःसन्तान दम्पतिका लागि निःसन्तान उपचार काठमाडौंको ओम हस्पिटल एण्ड रिसर्ज सेन्टरको सहकार्यमा अरनिकोमा सञ्चालन गर्ने, १६ स्लाईसको सिटी स्क्यान र न्यूरो सर्जरी सेवा सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष लिम्बूले जानकारी दिएका छन् । त्यस्तै, बाल रोग, मुटु रोग, सुगर, प्रेसर जस्ता रोगहरुको विशेष विशेषज्ञ सेवा, एनआईसीयू, आईसीयू, सीसीयू जस्ता जीवन रक्षाका लागि अतिआवश्यक सेवा सञ्चालन गर्ने जनाइएको छ  ।

June 5, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal