Sports

धिमाल युवा प्रतिभा पुरस्कार विकासलाई प्रदान गरिने

धिमाल जातिय विकास केन्द्र प्रदान गर्दै अाएकाे युवा प्रतिभा पुरस्कार यस वर्ष बडिविल्डिङका खेलाडि विकास धिमाललाई प्रदान गरिने भएकाे छ । बुधवार बसेकाे पुरस्कार छनाैट समितिकाे बैठकले विकास धिमाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । धिमाल युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने हेतुले हरेक वर्ष साे पुरस्कार प्रदान गरिदै अाएकाे धिमाल जातिय विकास केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयाे । पुरस्कृत हुने विकास धिमाल हालै मंगाेलियामा भएकाे ए एफ बि एफ एसियन बडिबिल्डिङ प्रतियाेगीतामा ६३ केजि ताैल समुहकाे क्लासिक बडिबिल्डिङमा चाैथाे स्थान हासिल गरेका थिए । यस अघि पनि नेपालमा भएका मिष्टर मोरङ २०६७, मिष्टर कोशी २०६७-६८ प्रथम, मिष्टर पुर्वाञ्चल २०६८-६९ यसैगरि ६५ कीलो तौल समुहको मिष्टर हिमालय २०६८ मा मिष्टर नेपाल र २०७३ मा ६५ किलो तौल समुहको मिष्टर धर्मश्री उपाधि जितिसक्नु भएको छ । माेरङ उर्लाबारी ८ अठ्याबारीका विकास धिमाल खेलकुद सँगै शिक्षण पेशामा पनि अाबद्व छन् ।
हरेक वर्ष असार २ गते प्रदान गरिने साे पुरस्कार धिमाल डट कमले साैजन्य गरेकाे छ । पुरस्कार स्वरुप नगद ५ हजार रुपैयाँ, सम्मान पत्र र अाल्गि धावा अाेढाएर पुरस्कृत व्यक्तिलाई सम्मान गरिने छ । यस अघि फुटबलका राष्ट्रिय टाेलिका सदस्य रजिन धिमाललाई साे पुरस्कार प्रदान गरिएकाे थियाे ।

June 4, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal