वक्तृत्वकला प्रतियोगितामा प्रथम पशुपति
Education

वक्तृत्वकला प्रतियोगितामा प्रथम पशुपति

उर्लाबारीः

भिजन फाउण्डेशन नेपाल उर्लावारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पशुपति आवासिय मावि प्रथम भएको छ । बुद्ध जयन्तीको अवसर पारेर फाउण्डेशनले आयोेजना गरको सम्मुनत समाज निर्माणमा शान्ति विषयक वक्तृत्वकला प्रतियोगितामा पशुपति आवासिय मावि उर्लाबारी–७ मा कक्षा ९ का छात्र आयुष भण्डारी प्रथम भएका हुन् । विजेता भण्डारीले नगद तीन हजार सहित प्रमाण–पत्र प्राप्त गरे ।
यस्तै सप्तकोशी आवासिय माविका सम्योग अधिकारी दोस्रो भए । यस्तै राधिका मावि उर्लावारी–६ मा कक्षा ८ अध्ययनरत छात्रा सलिना गिरी तेस्रो भईन् । दोस्रो र तेस्रो हुनेहरूलाई प्रमाणपत्र सहित क्रमशःनगद दुई हजार र पन्ध्र सय प्रदान गरिएको भिजन फाउण्डेशनका अध्यक्ष राजु लामाले बताए । प्रतियोगितामा उर्लाबारी नगर क्षेत्रका सामुदायिक र निजी गरी विभिन्न १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।
उर्लाबारी–५ स्थित बुद्ध गुम्बामा आयोजित सो कार्यक्रममा उर्लावारी नगर विकास समितिका अध्यक्ष दिपेन्द्र धिमालको प्रमुख आतिथ्यतामा भएको थियो । फाउण्डेशनकी सदस्य एवं कार्यक्रम संयोजक अरूणा थापाले स्वागत मन्तव्य रहेको सो कार्यक्रम पत्रकार घनशयाम भण्डारीको सञ्चालन र राजु लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

May 11, 2017

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal