• Bodraj Khatiwada Speaking
Agriculture, Photo News

प्रथम च्याऊ तथा मह मेला प्रदर्शनी सम्पन्न


गोविन्द पोख्रेल

प्रथम च्याऊ तथा मह मेला प्रदर्शनी–२०७२ सोमबार सम्पन्न भएको छ । उर्लाबारी ६ रामनगर चौक स्थित आयोजना गरिएको सो मेला च्याऊ तथा महको गुणस्तरीय उत्पादन खाद्य पोषणको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा च्याऊ तथा महबाट उत्पादित विभिन्न खाद्य परिकारहरु राखिएको थियो ।

Final Program

Final Program

कृषि व्यवासय प्रवद्र्धन केन्द्रका योजना अधिकृत रविन्द्र सुवालले नेपालमै पहिलो पटक आयोजना गरिएको च्याऊ तथा मह मेला प्रदर्शनीले पोषण सुरक्षाको अति आवश्यक मानिने च्याऊ र महको बारेमा आगन्तुकहरुलाई जानकारी गराउदै व्यवासयीक कृषिलाई अगाडि बढाउनु नै प्रदर्शनीको ठूलो उपलब्धी भएको बताएका छन् ।
उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरत भट्टराईले च्याऊ तथा मह मेला प्रदर्शनीले नाफा र घाटा भन्दा पनि व्यवसायिक च्याऊ खेती र मौरी पालन गर्न खोज्नेहरुलाई ठूलो सहयोग पुर्याएको बताए । मोफसलमा रहेर राष्ट्रमै पहिलो पटक च्याऊ तथा मह मेलाको आयोजना गर्नु सिंगो उर्लाबारीलाई चिनाउने अवसर भएको बताउदै अध्यक्ष भट्टराईले कृषि उद्यमीहरुलाई प्रोत्साहन गर्न उद्योग वाणिज्य संघ उर्लाबारी सदैव तयार रहेको बताए ।
समापन कार्यक्रममा प्रमुख अतिथी रहेका जिल्ला कृषि कार्यालय मोरङका वालि संरक्षण अधिकृत सागर भट्टराईले प्रदर्शनीले च्याऊ तथा महका बारेमा जान्न इच्छुकहरुका लागि फलदायी रहेको बताए । उनले जिल्ला कृषि कार्यालय मोरङले च्याऊ,मह लगायत अन्य विभिन्न कृषि उत्पादनलाई व्यवासयीकरण गर्नका लागि यस्ता प्रर्दशनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Bodraj Khatiwada Speaking

Bodraj Khatiwada Speaking

प्रर्दशनी आयोजक मेलीफेरा मौरी पालन सहकारीका अध्यक्ष बोधराज खतिवडाले राष्ट्रिय स्तरको कृषि मेला प्रर्दशनीमा उर्लाबारी नगरपालिकाले सहयोग नगरेको बताउदै भने–‘प्रदर्शनीमा आफूहरुले पटक–पटक उर्लाबारी नगरपालिकालाई अनुरोध गरे पनि नगरपालिकाले व्यवस्ता गर्यो । नगरपालिकाले कृषकहरुलाई सहयोग गरेन । ’ स्थानीय निकायले कृषि क्षेत्रलाई नहरेको प्रति स्थानीय अगुवाहरुले समेत उर्लाबारी नगरपालिकालाई कटाक्ष प्रहार गरे ।
प्रदर्शनी आयोजक समितिका संयोजक एवं विनय च्याऊ उद्योगका सञ्चालक उदयचन्द्र श्रेष्ठले प्रदर्शनीबाट आफूहरु सन्तुष्टि रहेको बताउदै मेला फाइदाका लागि नभएर च्याऊ तथा महको प्रवद्र्धन र बजारीकरणका लागि आयोजना गरिएको बताए ।

Handover of Letter of Appreciation

Handover of Letter of Appreciation

च्याऊ तथा मह मेला प्रदर्शनीलाई अझ अकार्षक बनाउनका लागि आयोजक विनय च्याऊ उद्योग र मेलीफेरा सहकारीले चर्चित हास्यकलाकार श्रीकृष्ण लुईटेल,विल्सिन विक्रम राई(तक्मे बूढा) लगायत अन्य स्थानीय कलाकारहरुले तीन दिनसम्म प्रस्तुति दिएका थिए ।
प्रदर्शनीलाई भव्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्ने सबै सहयोगीहरुलाई आयोजकले प्रशंसा–पत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा जिल्ला कृषि कार्यालय मोरङका मत्सय विकास अधिकृत नेल्सन पोखरेल,कृषि विज्ञ नविन खनाल,स्थानीय संघसंस्थाका प्रमुखहरु,सञ्चारकर्मी,सुरक्षानिकायका प्रतिनिधिहरु लागयतको उपस्थिती रहेको थियो ।

Commedian Dancing

Commedian Dancing

समापन कार्यक्रमका झलकहरु…

March 7, 2016

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal