Blog

के गनिताले इन्द्रको मायालाई बुझिलन् ?

गोविन्द पोख्रेल

पढाइको सिलसिलामा मोफसल छाडी राजधानी हुकिँएका थिए, इन्द्र । राजधानीमा बसेपनि उनी आप्mनो गाउँठाउँको चियो–चर्चा लिन्थे । स्वाभाविक नै हो, स्थानीय अनलाइन र फेसबुक पेजमार्फत गृहनगरीका गतिविधिहरुमा उनी कण्डस्थ हुन्थे । गतिविधिहरुको सुक्ष्म अनुसन्धान गरी स्थानीय पत्रिकाहरुमा आप्mना विचारहरु सम्प्रेषण गर्ने इन्द्रको बानी थियो ।

राजधानी गएको करिब ५ वर्ष भएको थियो । विकासको गतिले गृह नगरीको स्वरुप नै बदलिएको थियो । शैक्षिकसंस्था, होटल, कलकारखाना तथा नयाँ–नयाँ अस्पतालहरु खोलिने क्रम बढेको थियो । घरमा आउँदा उनी अधिकांश समय स्थानीय पत्रकारसँग व्यतीत गर्थे । सञ्चार क्षेत्र र पत्रकारिता पेशा उनको साइड जब थियो र छ पनि ।

रिर्पोटिङको दौरान इन्द्र एक दिन स्थानीय अस्पताल पुगेका थिए । मृत्युको मुखमा पुगिरहेको एक बिमारीलाई सेतो एप्रोन लगाइएकी एक नर्सले सिपिआर दिइरहेकी थिइन् । पत्रकार भएका नाताले इमरजेन्सी वार्डको पर्दा खोलिएको थियो, उनका लागि । बिमारीको उपचार गरिने विधिबारे प्रत्यक्ष रुपमा उनले त्यो दृश्य हेरेका थिए ।

सिपिआर दिँदै गरेकी ती नर्सलाई सघाउन अर्का एक जना डाक्टर आए । नर्सले बिमारीलाई सिपाआर दिन छाडिन् । नर्सको क्षमताले सिपाआर दिन सकिनन्, कारण थियो उनको शारीरिक वनावट । शारीरिक वनावट जजस्तो भएपनि उनी त्यो भन्दा चौगुणा फुर्तिलो थिइन् । त्यसपछि उनी घाइतेको शरीरमा लागेका अन्य विभिन्न घाउहरु सफा गर्न व्यस्त भईन् । नर्सले गरेको उपचारको तस्विर इन्द्रले लिन खोजे तर सकेनन् । घाइतेको बारेमा जानकारी लिन अस्पताल पुगेका इन्द्र, ती नर्सले बिमारीप्रति गरेको सेवाभाव हेर्न मै व्यस्त भएँ । पाँच मिनेटको समयमा उनको रिर्पोटिङ सकिन्थ्यो । तर, ५० मिनेट भन्दा बढी समय उनले व्यतीत गरे । कारण थियो, ती नर्स ! अफिस आँउदा पनि नर्सको झझल्को आइरह्यो, उनलाई । के गरुँ–नगरुँ, मनमा अनेक प्रश्नहरु इन्द्रलाई आउन थाले । नर्सहरुको बारेमा उनले एउटा आर्टिकल नै तयार पारे । तर विडम्बना त्यसदिन अन्य नर्सको नाम मात्र अटाउन सके त्यो आर्टिकलमा । तीन दिनको विदामा उनी घर आएका थिए । राजधानी फर्कनका लागि दोस्रो दिन नै टिकट बुकिङ गरेका थिए, इन्द्रले । नर्सलाई देखेपछि उनी एकाएक आफूलाई बिसर्न थाले । नयाँ अस्पतालमा नयाँ मान्छे देखेर उनी सोच्दै चिया गफमा त्यही अस्पतालको बारेमा जानकारी लिन खोज्थे म मार्फत । नर्सको बारेमा जानकारी कहाँबाट प्राप्त गर्ने भन्ने विषयले उनलाई सताउन थालेको थियो ।

नर्सको बारेमा जानकारी लिनका उनलाई ठूलै पापड पेल्नुपर्यो । अस्पतालको प्रवेशद्वारमा पत्रकारलाई कुनै अवरोध थिएन । तर, पनि पत्रकार भएर र एउटा ‘आशिकी’ भएर अस्पताल जानु अप्mठ्यारो हुन्थ्यो, उनलाई । कुनै एउटा वाहाना बनाउदै उनले मलाई त्यही लग्थे उनी । अस्पतालका कर्मचारीहरुसँग इन्द्रको पहिलेदेखि नै राम्रो सम्बन्ध थियो । नयाँ अस्पतालको बारेमा उनले जानकारी लिइसकेपछि अस्पतालमा कार्यरत स्टाफहरुको बारेमा चासो देखाए । सबैको जानकारी प्राप्त गरे । उनी‘फिदा’भएका ती नर्सको पनि नाम पाए । खोज्दै जादा र सम्पर्कमै रहेर उनले ती नर्सको हुलिया प्राप्त गरे । नर्सको नाम थियो, गनिता ।

तीन दिनको विदा लिएर राजधानीबाट घरमा आएको छोरो तीस दिन बित्न लाग्दा जाने सुरसार नगर्दा परिवारले इन्द्रमाथि शंका गर्न थालिसकेका थिए । १५ दिन लगाएर गनिताको ‘न्वारनदेखि अस्पतालमा जागिर खादासम्मको विस्तृत विवरण’ पत्ता लगाएका थिए ।
नर्सको नाम गनिता भएको थाहा पाएपछि सिधैँ, अफिस ग्ए । फेसबुक खोले । गनिता नाम सर्च गरेँ । गनिताले पोष्ट गरेको फोटाहरु हेरेँ । इन्द्रको त्यो डेल कम्पनीको ल्यापटपमा तस्विरहरु डाउनलोड गरे । फ्रेण्ड रिक्वेस्ट पठाएँ । गनिताले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्ने÷नगर्ने भन्ने विषयले चासो भएको थियो ।

गनितालाई हेर्दै उनी दिनचर्या बिताउन थालिसकेका थिए । नर्सको ड्यूटीको समय तालिका उनलाई स्मरण हुन्थ्यो । कतिबेला जाने र आउने समय उनलाई स्पष्ट थाहा थियो । कतिसम्म नर्स आउने समयमा बसस्टेण्डमा उनी कुरिरहेका हुन्थे । पंक्तिकारलाई अन्य धेरै कुरा थाहा थियो । सहकर्मीहरुलाई चियागफमा पनि उनी त्यही नर्सको बारेमा अप्रत्यक्ष रुपमा गर्थे । कुरा गरे पनि उनी खुलेर नर्सको बारेमा बोल्दा लजाइरहन्थे ।

त्यसबेला इन्द्र सधैैँ, गनिताको ड्यूटी कतिखेर हो भन्ने विषयमै केन्द्रित हुन्थे । बेला–बेला बिमारीको ‘नाटक’ गरेर उनी अस्पताल विभिन्न बहानामा जान्थे । गनितासँग भेट्ने र बोल्ने इच्छा इन्द्रको औधी थियो, तर उनको इच्छा इच्छामै सीमित हुन संकेत देखिन थाल्यो । हुँदा–हँुदा उनी गनितासँग बोल्नका लागि उनले बिमारीको नाटक समेत गरे ।

Writter Gobinda

Writter Gobinda

कहिले राजधानी र कहिले गाउँ हुन थालेपछि इन्द्रले गनितालाई पाउनेमा पुरा आशावादी थिए । कारण थियो, गनिताको ब्वाईफ्रेण्ड छैन भन्ने आत्मविश्वास ।
नर्स गनितासँग इन्द्रले प्रत्यक्ष रुपमा बोल्ने आँट गर्न सकेनन् । किनभने उनको त्यो फ्रेण्ड रिक्वेस्ट गनिताले एसेप्ट नगरेको एक हप्ता भइसकेको थियो । इन्द्रले डाइरेक्ट ‘प्रपोज’ गरे, फेसबुक म्यासेन्जरबाट । केही दिनपछि एउटा रिप्ले आयो । रिप्ले आएपछि उनी सोच्न सकेनन् । मुटु ढुकढुक भयो । निराश भए । गनिताले रिप्लेमा ‘ननसेन्स’ भन्ने शब्द लेखेकी थिइन् । अनि उनलाई त्यसपछि ‘ब्लक’ गरिन् । आफूले मन पराएको केटीबाट यस्तो रिप्ले आउँछ भन्ने इन्द्रले कहिल्यै सोचका थिएनन् । नजिकका साथीहरुलाई सुनाएनन् । रिप्ले आएकै दिन राजधानी गए । ३५ दिनपछि राजधानी फर्केका थिए ।

राजधानीमा गएपनि इन्द्रका मनका पीडाहरु गुम्सन सकेनन् । नजिकका मित्र थुप्रै थिए, सबैलाई सुनाए । उनको ‘वान साइडेड लभ’ छताछुल्ल भयो । कुनै युवतीलाई कहिल्यै नबोेली एक्कासी ‘प्रपोज गर्नु’ नै इन्द्रको पहिलो भूल थियो ।
पीडाहरुलाई सम्हाल्न नसेपछि इन्द्रले गनितालाई रातको समयमा फोन गर्न थाले । नर्सबाट उनले सोचेजस्तो जवाफ पाउन सकेनन् । फेसबुकमा जोडिन खोजे तर सकेनन् । इन्द्रको ममतारुपी मनले पठाएको फ्रेण्ड रिक्वेस्ट गनिताले टुक्राइदिएपछि, बाध्य भएर गनितालाई ‘घमण्डी’को संज्ञा दिए ।

नर्सको मायामा उनी कतिसम्म गहिरिएका थिए भने उनको नजिकको साथी विस्की र रम बन्न थाल्यो । मापसेका चार्जमा साथीभाइहरुलाई सारा बेलीविस्तार सुनाए । तर, कसैले ती व्यस्त नर्ससँग गएर इन्द्रको समस्या सुनाइदिने चेष्ठा गरेनन् । उल्टै गनितालाई लाइन मार्न खोजे इन्द्रको साथीहरुले ! साथीहरुले उनलाई गनितासँग माया नभएर आकर्षणको संज्ञा दिए । इन्द्र्रले त्यसपछि कसैलाई भनेन् ।
आप्mनो खुट्टामा उभिएकी एक नर्सले कुनै अपरिचित व्यक्तिलाई फेसबुकमा कसरी साथी बनाउन सक्थी । मायाको वास्तविक अर्थ नबुझी उनको त्यो ‘एकतर्फी’ ढिपी व्यवारिक थिएन । गनिताले ईन्द्रलाई देखेपनि वास्ता गरेकी थिइनन् । अपरिचित व्यक्तिसँग गनितालो कसरी मायापिरती लगाउन सक्थिन् । इन्द्रले त्यो पनि सोचेनन् ।

दैनिक ड्यूटी र विरलै फुर्सद अनि बिमारीको टेककेयर नै गनिताका दिनचर्या थिए । इन्द्रको दैनिक आउने फ्रेण्ड रिक्वेस्टबाट दिक्क भएर नर्सले दुई पटक नाम चेञ्ज गरेपनि अहिलेसम्म तीनलाई माया गर्न छाडेको छैनन् ।

गनिताको मायामा यतिबेला इन्द्र पानी विनाको माछा भैm तड्पिरहेका छन् । नियमित रुपमा घर जान छाडेको छन् । पत्रिकाका पानाहरुमा उनका नामहरु विरलै आउन थालेका छन् । गनितालाई आकर्षित गर्न उनी घर आउँदा पनि अस्पताल चाहिँ छाडेका छैनन् । अस्पताल प्रशासनभन्दा बढी उनलाई गनिताले स्वास्थ्य परीक्षण गरेका प्रत्येक बिमारीहरुको बारेमा जानकार छन् ।

यतिबेला पढाइ सकेर गाँउ फर्केपछि उनको माया भने अझ प्रगाढ बनेर गएको छ । गनिताका हरेक क्रियाकलाप पहिले भन्दा यतिबेला चाख दिन थालेका छन्, इन्द्रले । गनिताले बोलाउने आशामा उनी अहिले पनि अस्पतालको गेटमा उभिरहेका हुन्छन् । उनको इशारालाई फर्किरहेका छन् ।
के गनिताले इन्द्रको मायालाई बुभ्mलिन् ?

नोटः कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ

March 6, 2016

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal