Economy

व्यवस्थित हुदै उर्लाबारीको शुक्रबारे हाट

गोविन्द पोख्रेल,उर्लाबारी

फागुन 15,शुक्रबार

उर्लाबारीको शुक्रबारे हाट व्यवस्थित गर्न थालिएको छ । ४२ वर्षको इतिहास बोेकेको शुक्रबारे हाटलाई व्यवस्थित गर्न बाजाहाङ राई संयोजक्तोको शुक्रबारे हाट व्यवस्थापन समितिले काम गर्न थालेको छ ।
हाटलाई व्यवस्थित बनाउनका लागि उर्लाबारीको मुख्य चौक हुदै हाटखोलासम्म हुने फुटपाथे पसलहरुलाई अन्यत्र सारिएको छ । फुटपाथे पसलहरु जथाभावी हुदा त्यस क्षेत्र व्यस्त देखिनुका साथै प्रदूषित समेत हुने गरेको थियो । त्यही क्षेत्रमा अवस्थित मधुमल्ला बसस्टेण्ड अझ अव्यवस्थित हुने गरेको जनगुनासो आउने गरेको थियो ।
बजार क्षेत्रमा नगर प्रहरीको परिचालन गर्न थालिएको छ । यस्तै,नव गठित बजार व्यवस्थान समितिले फुटपाथे,पुराना र मझौला व्यपारीहरुलाई वर्गीकरण गरी उनीहरुको व्यवस्थापन समेत गर्न थालेको छ । क,ख र ग श्रेणीमा विभाजन गरि व्यपारीहरुलाई लागि उपयुक्त स्थानमा राखिएको छ । भौतिक संरचना निर्माण हुन बाँकी रहेपनि फुटपाथमा व्यपार गर्दै आएका व्यापारीहरुका लागि बजार व्यवस्थापन समितिले विभिन्न ५० वटा स्टल निर्माण गरिदिएको छ ।
वडा नम्बर २ र ३ स्थित हाटखोला क्षेत्रमा बजार लाग्दै आएको शुक्रबारे हाटमा अब देखि वडा नम्बर २मा कपडा,चुराका आइटम,फलामका सामग्रीका पसलहरु रहने छन् । यस्तै,वडा नम्बर ३मा सब्जी,खुद्रा पसल,माछा÷मासु पसल लगायतका पसलहरु रखिने बजार व्यवस्थापन समितिका सचिव नारयणप्रसाद पराजुलीले जानकरी दिए ।
चालू आर्थिक वर्षका लागि शुक्रबारे हाटमा उर्लाबारी नगरपालिकाले नगद १ लाख ५० हजारभन्दा बढि राजस्वको टेण्डर आह्वान गरेको थियो । बजार क्षेत्रको सौन्दर्यतालाई आँच आउन नदिन नगर क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मा पाएको मेचीमहाकाली इन्भारोन्मेन्ट प्रालिले फोहोरलाई वर्गीकरण गर्ने तयारी गरिरहेको जनाएको छ । यतिबेला ‘डस्टविन’को व्यवस्था नभएकाले ती काम गर्न नसकिएको आएको मेचीमहाकालीका सञ्चालक भीम भट्टराईले भने–‘हामीले एकमृष्ठ रुपमा फोहोर उठाउदै आएका छौँ । चाढै नै फोहोरको वर्गीकरण गर्नेछौँ । ’
यसैबीच शुक्रबारे हाटलाई थप व्यवस्थीत गर्नका लागि उर्लाबारी नगरपालिकाले विभिन्न ७ बुदेँ निर्देशन बजार व्यवस्थापन समितिलाई दिएको छ । बजार क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि ठेकेदार पक्ष र बजार वयवस्थापन समितिको संयुक्त पहल गर्ने, नयाँ आउने व्यपारीहरुका लागि बजार क्षेत्रको सम्भाव्यता अध्ययन गरी राख्ने,बजार क्षेत्रको जग्गालाई संरक्षण गर्ने,प्लाष्टिक झोला निषेधीत उर्लाबारी नगरीको गरिमा कायम राख्नका लागि बजार क्षेत्रमा प्लाष्टिक झोला निषेधीत गर्ने, बजार क्षेत्रमा टहरा निर्माणका लागि नगरपालिकाले विनयोजन गरेको रकमको सदुपयोग गर्ने, बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने र बजारलाई थप व्यवस्थित गर्नका लागि नगर प्रहरी परिचालन गर्ने विषयहरु निर्देशीकामा उल्लेख गरिएको छ ।
यसैबीच, शुक्रबारे हाटको नाममा रहेको दुई विगाहा जग्गाको अतिक्रमण भएको विषयलाई उर्लाबारी नगरपालिकाले चासो देखाएको छ । बजार क्षेत्रको जग्गा अतिक्रमण भएको विषयमा नगरपालिकाले गम्भीर रुपमा लिएको बताउदै उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले भने–‘कानूतःअतिक्रमित जग्गा व्यक्तिको हुदैन । हामीले सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौँ । ’

तस्विरः हाटलाई व्यवस्थित गर्नका लागि फुटपाथबाट अन्यत्र सारिएको उर्लाबरीको शुक्रबारे हाटमा लाग्ने माछा÷सिद्रा बजारमा ग्राहक कुरिरहेकी एक महिला व्यपारी । माछा बजारलाई अर्को साताबाट वडा नम्बर ३मा स्थानन्तरण गरिदैछ ।

तस्विरः हाटलाई व्यवस्थित गर्नका लागि फुटपाथबाट अन्यत्र सारिएको उर्लाबरीको शुक्रबारे हाटमा लाग्ने माछा÷सिद्रा बजारमा ग्राहक कुरिरहेकी एक महिला व्यपारी । माछा बजारलाई अर्को साताबाट वडा नम्बर ३मा स्थानन्तरण गरिदैछ ।

प्रत्येक शुक्रबार उर्लाबारीको हाटखोलामा लाग्ने शुक्रबारे हाट उर्लाबारी नगरपालिकाका अलवा पूर्वी उत्तरी मोरङको मधुमल्ला,रमितेखोला,टाँडी गाविसका साथै दक्षिणी भेगका राजघाट,इटहरा गाविसका र पूर्वी झापाको ताराबारी क्षेत्रका मानिसहरु उर्लाबारीका शुक्रबारे हाटमा करिब ६ लाख बराबरको कारोबार हुने गरेको छ ।
२०२८ सालमा उर्लाबारीको हाटखोला क्षेत्रमा शुक्रबारे हाट लाग्दै उर्लाबारीको शुक्रबारे हाटको वैधानिक हाट व्यवस्थापन समिति २०६६ सालमा निर्माण भएको थियो ।
उर्लाबारीमा तीनवटा साप्ताहीक हाटहरु लाग्ने गरेका छन् । उर्लाबरी–६ मंगलबारेमा प्रत्येक मंगलबार र शनिबार अनि उर्लाबारी २÷३मा प्रत्येक शुक्रबार हाट लाग्ने गरेको छ । नगरपालिकाले ती साप्तहीक हाटबाट वार्षिक लाखौँ राजस्व उठाउदै आएको छ । प्रत्येक मंगलबार लाग्ने उर्लाबारी–६ नयाँ मंगलबारेस्थित उर्लाबारीपथरी संयुक्त पशु हाटबाट मात्रै नगरपालिकाले वार्षिक १५ लाखको राजस्व उठाउने गरेको छ । आगमी आर्थिक वर्षबाट चन्दनेमा लाग्ने शनिबर र हाटखोलमा लाग्ने शुक्रबारे हाटबाट नगरपालिकाले वार्षिक ५ लाख भन्दा बढि राजस्व उठाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

February 27, 2016

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal