Economy, Tourism

बेतनी सिमसारको विकासका लागि सम्झौता

गोविन्द पोख्रेल

उर्लाबारीको पर्यटकीय स्थलको रुपमा चिनिएको एक मात्र बेतीनि सिमसारको दिगो विकास तथा संरक्षणका लागि उर्लाबारी नगरपालिका र बेतीनी सामुदायिक वन उपभोक्ता समितिबीच सम्झौता भएको छ ।
सोमबार उर्लाबारी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ र बेतीनी वनका अध्यक्ष कृष्ण दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यकारी अधिकृत श्रेष्ठले सोमबार नै सम्झौता–पत्र वनका अध्यक्ष कृष्ण दाहाललाई हस्तान्तरण गरे ।
नगरपालिका सिमसारको व्यवस्थापन,विकास र संरक्षणका लागि भनेर बजेट समेत विनियोजन गरिसकेको छ । नगरपालिकाले बतेनी सिमसारको विकास तथा प्रवद्र्धनका लागि भनेर आगमी आर्थिक वर्षका लागि नगद १० लाख विनियोजन गरेको छ ।
सम्झौता–पत्रमा सिमसार क्षेत्रलाई व्यवस्थित तथा आगन्तुकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न भौतिक संरचना निर्माण हुने उल्लेख गरिएको छ ।
पहिलो चरणमा सिमसार परिसरमा चार वटा कटेज निर्माण गरिने भएको छ । प्रदूषण नहुन दिनका लागि प्रत्येक कटेजमा डस्टविनको व्यवस्था गरिने छ । यस्तै,खानेपानीको लागि ट्यूबवेल निर्माण,सिमासार परिसरमा निर्माण गरिएको कृत्रिम पोखरीलाई व्यवस्थित गरिने,ड्यामलाई अझ व्यवस्थित गरिने तथा सिसमार क्षेत्रलाई घेरबारा गरिने उल्लेख गरिएको छ ।
यस्तै,सिमसारको दिगो व्यवस्थापन तथा संरक्षणका लागि विभिन्न समयमा चेतनामूलक कार्यक्रम तथा होर्डिङ बोर्ड राखिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सिमसार परिसरमा कृत्रिम जनावारको ठूलो मूर्ति निर्माण गरिनेः

यसैबीच बेतीनि सिमसार परिसरमा कृत्रिम जनावर र चराको ठूलो मूर्ति निर्माण गरिने भएको छ । मंगलबार नगरपालिका र बेतनी सामुदायाकि वन उपभोक्ता समूहबीच भएको सम्झौता–पत्रमा सिमसार क्षेत्रलाई आकर्षक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि जनावर वा चराको ठूलो आकृति निर्माण गरिने उल्लेख गरिएको छ ।
उपयुक्त स्थान खोजी सिमसार क्षेत्रमा चाडै नै आकृति निर्माण गर्न थालिने उल्लेख गरिएको छ । हालसम्म सिमसार क्षेत्रमा कछुवा,जिराफ,वन मान्छे र विश्वकै पुरानो चरा मानिएको आर्किटेरस नामक चरा वा अन्य आकृति निर्माण हुन सक्ने नगरपालिका कार्यकारी अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
सोमबार सिमसारको दिगो व्यवस्थपान तथा संरक्षण सम्बन्धि सम्झौता भएसँगै सिमसार क्षेत्रमा कटेजको निर्माण कार्य यसै हप्ताबाट शुरु हुने बेतनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण दाहालले जानकारी दिए ।
उर्लाबारी–७ स्थित बेतनी सिमसार ५५ हेक्टर क्षेत्रफलमा पैmलिएको छ । मंगलबारे चौकबाट करिब दुई किलोमिटर उत्तर पर्ने उर्लाबारीको पर्यटकीय स्थलको रुपमा विकासित भइरहेको बेतनी सिमसार क्षेत्रमा हाल पर्यटकहरुलाई आकर्षित गर्नका लागि दुईवटा कृत्रिम पोखरी निर्माण गरिएको छ । हाल रहेको सिमसार क्षेत्रमा ‘बेत’प्रजातिको वनस्पति पाइने भएकाले सो क्षेत्रलाई बेतनी सिमासर नामाकरण गरिएको बेतनी सामुदायिक वन उपभोक्त समूहका सचिव गोपाल खरेलले बताए ।

Subash Shrestha And Krishna Dahal Shaking their Hands After the Agreement of Wetland Development

Subash Shrestha And Krishna Dahal Shaking their Hands After the Agreement of Wetland Development

बदेँल,गोहोरो,सालक,हरिण,हात्ति,दुम्सी,मृग,न्यारी,वन खरायो,वन डाढे,स्याल,निगाले बाघ,टोके,कछुवा,अजिंगर लगायत अन्य विभिन्न प्रजातिका सर्पहरु,विभिन्न किसिमका माछाहरु बेतनी सिमसार क्षेत्रमा पाइन्छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका पानीहाँस,वन कुखुरा,हर्नविल,स्थानीय स्तरमा पाइने चराहरु लगायत अन्य विभिन्न आगन्तुक चराहरु पाइने गरेका छन् ।
पूर्वमा सोल्टी खोला,उत्तरमा डुमा खोला,पश्चिमा जंगल क्षेत्र र दक्षिणमा मानव वस्ती सिमाना रहेको बेतनी सिमसार क्षेत्र हालसम्म मावन अतिक्रमणको समस्यामा परेको छैन ।
सिमसार क्षेत्रमा साल,बोटधगेँरो,जामुन,विजय साल, शत्तिसाल, खयर, टिक,राजविसेँ,वेद लगायतका वनस्तिहरु पाइन्छ ।

February 9, 2016

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal