Society, Technology

उर्लाबारीमा भूकम्प सुरक्षा दिवस

वैशाख १२मा गैहाल्यो भुँइचालो,सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो भन्ने मूल नाराका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७२ मनाइएको छ ।
सहरी विकास तथा भवन निर्माण डिभजन कार्यालय विराटनगर र उर्लाबारी नगर विकास समितिको आयोजनमा एक दिने सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको छ । उर्लाबारी प्राविधिक परामर्श समाजको आयोजनाको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा भवन निर्माण डिभिजन कार्यालय विराटनगरका ईन्जिनियर राजनकुमार दासले भूकम्पले क्षति पु¥याएका भवनहरुको पुनःनिर्माणका बारेमा जानकारी दिएका थिए । दासले सहरी विकास मन्त्रालयले पुनःनिर्माणका लागि तयार पारेको १७ वटा भौतिक संरचनाहरुको बारेमा जानकारी गराएका थिए ।suwas shrestha
सोही कार्यक्रममा भवन निर्माण डिभिजन कार्यालय मोरङका इन्जिनियर विनोद सिंले भवन निर्माण संहीता सम्बन्धि जानकारी गराएका थिए ।
सोही कार्यक्रममा सहभागीहरुलाई उर्लाबारी नगरपालिकाले भवन निर्माण सम्बन्धित नगर स्तरीय प्रतिबद्धतामा सपथ ख्वाएको छ । नगरपालिकाले भूकम्प प्रतिरोधी भवन निर्माण सिक्ने र सिकाउने, भूकम्प प्रतिरोधात्मक संरचना मात्र निर्माण गर्ने,अहिलेका घरहरलाई भूकम्प प्रतिरोधात्मक बनाउने र भूकम्पीय जोखिमको बारेमा सबैलाई जनचेतना अभिवृद्धि गराउने विषयमा नगरपालिकाका सभ–इिन्जिनियर सुरविर रानाले सपथ ख्वाएका हुन् ।

स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीका मनोज लुईँटेलले भवन निर्माण सामग्री र दक्ष प्राविधिकले तयार पारेको नक्सा अनुसार भवन निर्माण गरिनुपर्ने बताए । उनले नगरपालिकाले हालसम्म निर्माण व्यवसायी मजदुरहरुलाई कुनै पनि तालिमको आयोजना नगरिएकोप्रति दुखेसो प्रकट गरे ।
कार्यक्रममा बोल्दै भवन निर्माण डिभिजन कार्यालय मोरङका निमित्त कार्यालय प्रमुख चण्डिश्वर यादवले भूकम्पीय जोखिमबारे गाँउस्तरमा चेतना अभिवृद्धि गराउनुपर्ने बताउदै संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधीमात्र हुनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख आतिथी समेत रहेका उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठले नगरपालिकाले पास गरिदिएको नक्सा अनुसारको संरचना निर्माण नगर्ने परिपाटी अधिक रहेको बताए । सरकारले आधारभूत निर्माण मापदण्डको संरचनाहरुको बारेमा स्पष्ट उल्लेख गरे पनि व्यवहारमा लागू नभएको बताए । नितिलाई प्रचारप्रसार गर्न र कडाका साथ लागू गर्ने दायित्व स्थानीय निकायको रहेपनि त्यो गर्न नसकिएको उनले आत्मआलोचना गर्दै भने–‘निति पालाना गर्ने दायित्व सर्वसाधारणको पनि हो । कालान्तरमा सर्वसाधारणलाई नै घाटा हुन्छ । ’
कार्यक्रम उर्लाबारी नगरपालिका सभ–इन्जिनियर सुरविर रानाको स्वागत मन्तव्य तथा नगर विकास समितिको अध्यक्ष केशव कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो । engineer das showing his presentationsuwas speaking
गत वैशाखमा १२ गते आएको भूकम्पमा परी करिब ९ हजार मानिसहरुले ज्यान गुमाएका थिए । करिब ६ लाख दुई हजार दुई सय ३७ वटा भौतिक संरचनाहरुमा क्षति पुगेको थियो । क्षति पुगेको संरचनाहरु मध्ये तीन हजार सात सय ७६ वटा सरकारी भवनहरु पूर्णरुपमा ध्वस्त भएका थिए । भूकम्पका कारण राज्यको ६ खर्व भन्दा बढिको आर्थिक क्षति भएको थियो ।

January 17, 2016

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal