Economy

पथरीशनिश्चरे नगरपालिकाको बजेट सार्वजनिनक

मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष ०७२÷०७३ का लागि १० करोड १४ लाख ६१ हजार एक सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको दोस्रो नगरपरिषद्बाट पारित बजेट बुधबार सार्वजनिक गरिएको हो । नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले नगरपरिषद्बाट पारित आ.व २०७२÷०७३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटको सार्वजनिक गर्नुभयो । जसमा आन्तरिक आयतर्पm ३३ लाख ४६ हजार ५ सय, पूँजिगततर्फ तीन करोड ८ लाख ६८ हजार पाँच सयलगायत अन्य विविध शीर्षक गरी जम्मा १० करोड १४ लाख ६१ हजार एक सय १५ रूपैंयाको बजेट सार्वजनिक भएको हो ।
नगरपालिकाले नीति तथा कार्यक्रममा फोहोरमैला व्यवस्थापन तथा फोहोरको वर्गीकरण गरिने, आन्तरिक आयमा वृद्धि गर्ने उद्देश्यले एकीकृत सम्पत्ति कर लागू गरिने, एक घर एक विरुवाको नीति लागू गर्ने, लक्षित वर्गलाई क्षमता विकास तथा आय आर्जन बढाउने कार्यक्रमहरु सञ्चालन गरिने, सौर्य उर्जालाई प्राथमिकता दिने लगायतका विषयहरु समावेश गरिएका छन् । Executive Officer Bhandari
उद्योग वाणिज्य संघ पथरीको सभाहलमा आयोजित कार्यक्रममा सांसद चण्डिप्रसाद राईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नगर क्षेत्रमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच, मोरङ जिल्लाको दुर्गम एवं विद्युतले नछोएको गाविसको उपनाम पाएको रमितेखोला गविसले आफ्नो २४ औं गाउँ परिषदबाट आर्थिक बर्ष २०७२÷०७३ को बजेट सार्वजनिक गरेको छ ।
गाविसको आव ०७१÷०७२ को यथार्थ खर्चतर्पm ३९ लाख ८१ हजार एक सय ५३ रुपैयाँ भएको छ । यस्तै, ०७२÷०७३ को संशोधित आय ४७ लाख १७ हजार ८ सय ८८ रुपैया, ०७३÷०७४ को प्रस्तावित ४९ लाख १५ हजार सात सय सार्वजनिक गरिएको गाविस सचिव लुकनाथ पोख्रेलले बताउनुभयो ।
सचिव पोख्रेलद्वारा प्रस्तुत नीति कार्यक्रमहरुमा गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा, शत्प्रतिशत जन्मदर्ता घोषणा, पूर्ण खोपयुक्त गाविस, शत् प्रतिशत विद्यालय भर्ना अभियान लगायत रहेका छन् ।

January 14, 2016

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal