Agriculture, Economy

तरकारी बेचेर अगाडि बढ्दै युवाहरु

गोविन्द पोख्रेल,उर्लाबारी

वैदेशिक रोजगारीमा जाने भूत हटेपछि ४ महिना अघि मात्र कृषि पेशमा अगाँल्न पुगेका उर्लाबारी–६ मंगलबारेका तीन युवाहरु यतिबेला हर्षित छन् ।
स्थानीय ख्याम तोलांगे,खगिन लिम्बू र राजु मण्डललाई यतिबेला बजारमा टमाटार बेच्न भ्याइ नभ्याइ छ ।
boys giving their pose inthe field
पार्सपोर्ट बनाएर वैदेशिक रोजगारीमा मासिक २० हजारको काममा जान लागेका उनीहरु यतिबेला दैनिक पाच हजार भन्दा बढिको टामाटर बेच्दै छन् ।
उर्लाबारी–६ मंगलबारेको चन्दने स्थित केकेआर कृषि फर्म यी युवाहरुको सपना हो । चन्दनेका स्थानीय एक कृषकसँग वार्षिक वार्षिक २० हजार रुपैयामा लिजमा लिएको को १० कठ्ठा जग्गाबाट उनीहरुले आम्दानी गरिरहेका छन् ।

फर्मबाट उत्पादित टमाटार यतिबेला मंगलबारेका अलवा उर्लाबारी र पथरीमा खपत हुने गरेको छ । फर्म स्थापनाकालको केही महिना उनीहरु विरुवा उत्पादनमा लागे । यतिबेला तरकारी उत्पादन हुन थालेपछि उनीहरुको चेहेरामा उमंग छाएको छ ।
असोजमा उनीहरुको बारेमा स्थानीय पत्रिकामा समाचार प्रकाशन भएपछि मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका सामुदायिक विकास अधिकृत रुद्रबहादुर तामाङले चासो देखाए । प्रतिष्ठानको कार्यालय परिसरमा भित्र रहेको १५ कठ्ठा जमिन आगन्तुक कृषकलाई दिनुभन्दा स्थानीय युवाहरुलाई दिनुमा बुद्धिमानी ठान्यो,प्रतिष्ठानले । उनीहरुले प्रतिष्ठानसँग एक वर्ष करार गरी उक्त जमिन लिजमा लिएका छन् । प्रतिष्ठानबाट करिब डेढ लाख मूल्य बराबरको टमाटर विक्री गर्ने लक्ष्य रहेको खगिनले बताए ।
असार यता १ लाख भन्दा बढि लगानी गरिसकेका छन्,कृषिमा यी मिहिनेती युवाहरुले ।यतिबेला उत्पादीत तरकारी नाफामुखी हुन थालेपछि हर्षित छन्,राजु । लागनी उठ्नेमा दुईमत नभएको उनले बताए ।
boys working in the field

१९ वर्षिय ख्याम,२२ वषिर्य खगेन्द्र र २४ वर्षिय राजुले गत असार महिनाबाट उर्लाबारी–६ मंगलबारे स्थित चन्दनेमा व्यवसायिक तरकारी खेती गर्नेतर्पm लागेका थिए ।
तरकारी खेतीका लागि उनीहरुले समय वर्ष दिने तालिका मिलाएका छन् । चार चरणमा विभिन्न किसिमका तरकारीहरु उत्पादन गर्ने उनीहरुको लक्ष्य रहेको छ । पहिलो चरणमा ४० दिने मूला उत्पादन,दास्रो चरणमा टमाटर र खोर्सानी,तेस्रो चरणमा बन्दा,फुलगोभी र अन्तिम चरणमा बैगुन उत्पादन गर्ने लक्ष्य रहेको उनीहरुले बताए । साग,तोरी लगायतका सब्जी चाही कुनै चरणमा लगाइने उनीहरुले बताए ।
यतिबेला उनीहरुले एक विगाहा १७ कठ्ठा जमिनमा तरकारी उत्पादन गर्दै छन् । तरकारी खेतीबाट वार्षिक ७ लाखको कारोबार गर्ने उनीहरुको लक्ष्य रहेको छ ।
वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै लागनी गर्दा प्रतिफल राम्रो मिल्ने उनीहरुले बताए । कृषि प्रदान देशमा कृषि पेशा नै उपयुक्त हुने उनीहरुको निष्कर्श रहेको छ । हालसम्म कृषि कार्यालयबाट कुनै सेवा नपाएको उनीहरुको गुनासो छ । सरकारले युवाहरुलाई यस क्षेत्रमा लगाउनका लागि प्रेरणा दिनुपर्ने राजुले बताए ।  boys with their harvest tomato
तरकारी खेतीका अलवा उनीहरु विरुवा समेत उत्पादन गर्दैछन् । भविष्यमा फर्ममा ‘पोल्ट्री फर्म’ खोल्ने उनीहरुले योजना बनाइसकेका छन् । जिल्ला कृषि कार्यालय मोरङबाट युवा स्वरोजगार कार्यक्रमबाट सहयोग लिनका लागि उनीहरुले फारम समेत भरेका छन् ।
स्वारोजगार कार्यक्रमबाट आपूmहरुलाई पनि निकायले सहयोग गरिदिए हौसला हुने उनीहरुले बताए ।
तस्विरहरुः गोविन्द

December 7, 2015

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal