Blog

हा‘न्देको सेल्फी !

गोविन्द पोख्रेल,उर्लाबारी
हजुर ! तपाइँसँग म फोटो खिच्न सक्छु ? भै हाल्छ नि । मलाई यतिबेला सेल्फी शब्द सुन्ने वित्तिकै वेग्लै अनुभूति हुन्छ । काही जाऊँ सेल्फी,गित सुन्दा पनि सेल्फी कै ।
सादा मोबाइलबाट अपग्रेट हुदै क्यामेरावाला मोबाइलसम्म पुगेर मात्र भएन । अब त दुईवटा क्यामेरा हुने खालको मोबाइलको अवश्यक हुन थाल्यो,‘सेल्फी’ हान्नका लागि । यो ‘समय’को माग हो ।
कुनै बेला यस्तो थियो,मोबाइल फोन मात्र हातमा हुँदा ठूलो इज्जत हुन्थ्यो । अहिले मोबाइलले मात्र पुगेन,‘सेल्फी’खिच्ने मोबाइल चाहियो । चाहे त्यो ‘एप्पल’को होस् या ‘सामसुङ’को होस्,‘सेल्फी’लिने खालको हुनुपर्ने ! एप्पलको हुँदा झनै राम्रो रे, ब्राण्ड रे अनि राम्रो हुन्छ । महंगो छ नि त हजुर,एप्पल त्यसबाट खिचिको सेल्फी पनि झनै महंगो रे !
gobinda
‘अक्सफोर्ड डिक्स्नेरी’मा ‘सेल्फी’भन्ने शब्द २००७ सम्म पनि अटाएको थिएन । सामजिक सञ्जालहरुमा यो शब्द यति प्रयोग भयो कि ‘सेल्फी’शब्दलाई पनि मान्यता दिइयो । मोबाइल फोनको प्रयोगबाट स्वयमको फोटो खिच्ने तरिका सहितको अर्थ दिएर । अब हेर्नुहोस् न ‘सेल्फी’को महत्व ।
पहिला कसैसँग फोटो खिच्नुपर्दा तेस्रो व्यक्ति गुहार्नुपथ्र्यो तर ‘सेल्फी चलन’ आउन थालेपछि तेस्रो व्यक्ति आवश्यक नै परेन । चाहे तपार्इँ अङ्गालो हाल्नुहोस् वा ‘चुम्ममाााा’ लिनुहोस् ‘सेल्फी’ लिएपछि सकिगयो नि ! म भन्छु,चुम्ममाा लिएको त्यो सेल्फी जति सन्तुष्ठ अन्य कुनै हुदैँन । नपत्या’ तपाइँ आपैm ‘ट्राई’ गर्नुहोस् अनि ‘फेसबुक’मा हाल्नुहोस्,लाइक्स र कमेन्ट कति हो कति ! सकिगो नि ।।।
पुरुषसँग सेल्फी लिदा अनुहारमा कुनै चमक नआउने महिलासँग लिदा त्यो अनुहारमा यति चमक आउँछ कि भन्नै सकिदैन छाडिदिनुहोस् ! म पनि यस्तै भन्थेँ,आफ्नो ‘हड्डी अनुहार’को सेल्फी लिएर फेसबुकमा होलेको ‘सहानुभूति लाइक’ आयो । कठै म ! शरीरले साथ नदिएपछि के नै गर्न सकिन्छ र !
आफ्नो सेल्फी लिएको केही दिनपछि एक जना महिला मित्रसँग सेल्फी लिएको त गाँठे,लाइक त कति हो कति…..
म जस्ता अरु कयौँ ‘सेल्फी’ लभरहरु कति होलान् अनुमान लगाउनै गह्रो । यहाँ हामी सेल्फी सामाजिक सञ्जालका लागि मात्र प्रयोग गर्छौँ । यतिबेला सेल्फी कमाइ खाने भाँडो भइसकेको छ तपाइँ चाही लाइक्स र कमेन्टका लागि मात्र सेल्फी लिन थाल्नुभा’ ?
नपत्याए एक जना भिआइपीसँग लिएको सेल्फी तपाइँको अफिसमा राख्नुहोस् न अनि थाहा पाउनुहुन्छ । सेवाग्राही कति आउँछन् आउँछन् ! राजधानीमा सेल्फी लिएरै कतिले ठूला ठूला महलमा अफिस राखेर राम्रो कमाइ गरेका छन् , अनि तपाइँ चाही फेसबुक,ट्वीटर र इन्स्ट्राग्रामा मात्रै सेल्फी हाल्ने ?
म भन्छु अब हामीले ‘सेल्फी क्रान्ति’ गर्नुपर्छ । सेल्फी क्रान्ति भन्नाले भिआइपीसँग लिएको सेल्फीलाई अफिसमा राख्ने अनि ‘कमाउ धन्दा’मा प्रयोग गर्ने ! कुनै सेल्फी कानून हुनुपर्यो । महिला र पुरुषसँग भिआइपीले हासिदिनुपर्यो । ‘सेल्फी’को प्रबद्र्धन गर्न खालका राम्रा राम्रा मोबाइल फोनहरु आउनुपर्यो । सरकारले सेल्फी क्रेजीका लागि छुटै अफिस बनाइदिनुपर्यो ।
एउटा घटनाक्रम याद आयो– केही महिना अघि मात्र ‘कुनै एक देश’का प्रधानमन्त्री ‘तेल सम्झौता’ गर्न खाडी मुलुक गएछन् । विश्वमा बढिरहेको आर्थिक संकट सामाधानका लागि ‘तेल सम्झौता’ गर्न जाँदा त्यहाका ‘सेख’सँग लिएको सेल्फी कति चर्चित भयो थाहा भएकै होला । सेख यति खुसी भएछन् कि ती प्रधानमन्त्रीलाई ‘सहुलियत’मै तेल दिने सम्झौता गरिदिएछन् । सेल्फी लिनुपर्ने कारण पछि थाहा भयो,‘आर्थिक कमजोर’भएको देशले महंगोमा तेल किन्न नसक्ने भएपछि बाध्य भएपछि ‘सेल्फी क्रान्ति’को सिद्धान्त अपनाएको रे !
ह्ेर्नुस् त सर्वसाधरणले मात्र सेल्फीबाट आम्दानी गर्ने भनेको त प्रधानमन्त्रीले नै आम्दानी गर्न थालेछन् अनि सकिन्छं……….!
सेल्फीलाई कमाउ धन्दा र चर्चाको माध्यम मात्रै हैन अब यसको ‘महत्व’ कति रै’छ थाहा पाइहाल्नु भो ।।।
सेल्फी ‘क्रेजी’ विश्वको ‘सर्वसक्तिमान्’ नेताहरु पनि छन् । पुरुषसँग ‘रिसाएको’ अनुहार बनाइदिने र महिलासँग ‘ङ्च्चि’हाँसेर सेल्फी लिदिने गरिदिएपछि, पुरुषहरुलाई चिडाइदिएछन् । हाँस्नु र रिसाउनुको कारण के रै’छ भन्ने विषयमा यो व्यग्ङकारले नयाँ कुरा पत्ता लगायो .. पुरुषले अफिसमा राखेर आपैmँ कमाउने तर महिलाले सामाजिक सञ्जालमा हालेर ‘ट्याग’ गरिदिदाँ रैछन् । भिआइपीलाई पनि ‘कमिसन’ दिए सेल्फी लिदा हाँसिदिने रे । यो चाही विशेष सूत्रबाट आएको हो,अन्यथा नलिदिनुहोला !
भिआइपी पनि एडभान्स भएछन् । उनीहरुलाई ‘महिला’सँग मात्र हैन,अब कुकुर,विरालो भन्दै ‘सेल्फी उइत माइ फेब पेट’भनेर हालेकै हुन् । चर्चा कमाउनका लागि स्नान कक्षमा सेल्फी हानेकै हुन् अब उनीहरुले ‘ट्वाइलेट’को सेल्फी हान्न बाँकी छ ।
विश्वमा मोबाइल फोन प्रयोकर्ता यति भएकी सेल्फी नहान्ने भेटाउन्नै गाह्रो हुन थाल्यो । सामजिक सञ्जालहरुमा जथाभावी सेल्फी सेल्फी भनेर फोटो हाल्दा अचम्म लागेकै हो । ट्वीटरमा ‘सेल्फी’को ट्रेण्ड करोडभन्दा बढि पुगिसक्यो । सोच्नुहोस् त सेल्फीको महत्व कति रैछ !
एक दिन कसैको ठाँउमा कुनै ‘भिआइपी’आओस् त ‘सेल्फी’लिन खोज्नुहुन्छ कि हुन्न ? अब तपाइँ सेल्फी भनेकै बुभ्mनुहुन्न भनेको बुढापाकाले भनेझैँ –‘कालो अक्षर भैँसी बराबार’
सेल्फीका दुई वटा अप्सन छन् अब , ‘कमाउ कि सामाजिक सञ्जालमा हाल’ । सोच्ने पालो कस्को हो आपैmँ ‘डिसाइड’ गर्दा उपयुक्त हुन्छ । तर यसलाई ‘मिसयूज’ नगरी कमाइ चाही हुदैन ।
जे जस्तो भए पनि अहिले हाम्रो देशमा ‘सेल्फी’का फ्यान् धेरै नै भइसके । यतिबेला हामीलाई सेल्फीको विकास र प्रवद्र्धन गर्नका लागि नयाँ–नयाँ योजना र कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।
सेल्फी ले ले भन्दै सलमान खानले चर्चा कमाए । सेल्फी क्रेजीहरु यदि नहुने भने बजरंगंी भाइजानको त्यो गित प्mलम नै हुने थियो ।
अब ‘सेल्फी क्रान्ति’ गर्नुपर्छ ! हान्ने भने हानूम हैत सेल्फी !
ल…ल…स्माइल…. !!
ogobinda@twitter.com

December 5, 2015

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal