Economy, Society

आत्मनिर्भर बन्दै आमाहरु

गोविन्द पोख्रेल,उर्लाबारी
सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता न्यून रहेको कुरा उठ्ने गरेको छ । उनीहरुलाई आत्मनिर्भरका बनाउनका लागि थुप्रै कार्यक्रमहरु समेत ल्याइएका छन् । काहिँ महिलाहरुले आपैm कमाउन नसक्ने भएपछि उनीहरु हिंसामा समेत पर्ने गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले कोशीहरैचा र सुन्दरदुलारीमा सञ्चालन गरेको एक परियोजनाबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने कोशिस गरेको छ । सो परियोजनाबाट केही महिलाहरुको आर्थिक स्तरमा परिवर्तन आएको छ । ती मध्ये केही महिलाहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।
दलसरी राजवंशी
कोशीहरैंचा नगरपालिका–१ गुरुजी टोलकी दलसरी राजवंशीलाई चार बर्ष अघिसम्म घर खर्च चलाउन अरुसँग माग्नुपर्ने बाध्यता थियो । तर, अहिले त्यस्तो छैन । यतिबेला उनी दैनिक ६ सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले ४ बर्ष अघि उहाँको गाँउमा मुढा बुन्ने तीन दिने तालिमको आयोजना गरेको थियो । तालिमबाट सिकेको सीपले आज दलसरीका लागि स्वरोजगार बन्ने अवसर मिलेको छ । ५२ बर्षको उमेरमा आइपुग्दा पनि उनमा अहिले पनि जवानीमा आउने जोश जाँगर ज्यूँको त्युँ नै छ । ११ बर्षको उमेरमा दर्वेशाका जादूलाल राजंवशीसँग विवाह बन्धनमा बाँधिए पनि उनका श्रीमान् जादूलालले जीवनको उतराद्र्धमा कुनै जादू गर्न सकेनन् । rajbansi s

दुई छोरा र दुई छोरीको आमा दलसरीको मेहनत र लगनशीलता देख्दा छक्क नपर्ने सायद कमै होलान् । मंगलबार दिउँसो यो रिर्पोटर उहाँको घरमा पुग्दा, बाँस काट्दै गरेको अवस्थामा भेटिइन् । एक घना बाँसबाट ४ वटा मुढा बनाउँछिन् उनी । दलसरीको घरै अगाडि बाँस भ्mयाङ छ । त्यसैको शितल छहारीमा मुढा बुन्दै उनको दैनिकी बित्छ । बाँस, टायर, धागो मुढा बुन्नका लागि चाहिने आवश्यक वस्तुहरु हुन् । बाँस गाउँमै किन्न पाएपनि टाउर र धागो बजारबाट ल्याउने गरेको बताइन् । तयार परिएको एउटा मुढा दुई सयदेखि तीन सयसम्म विक्ने उनको अनुभव छ ।

५ बर्षअघि धर्म परिवर्तन गरेपछि उनी परिवारबाट एक्लिईन् । ४७ बर्षको उमेरमा घरपरिवार र छोराहरुबाट टाढिँदाको पीडा उनैलाई मात्रा थाहा होला । एक बर्ष ज्याला मजदुरी गरेर बिताईन् । गाउँमा मुढा बुन्ने तालिम आएपछि उनको जीवनमा पुनःरंग छायो । सिकेको सीपलाई व्यवहारमा लागू गर्न थालेपछि घरमै ‘पैसा’ आउन थाल्यो । मुढा बेचेरै अहिले दलसरीले घर निर्माण कार्य थालेकी छिन् । दुई बर्ष भित्र घर निर्माण कार्य सम्पन्न गर्ने उनको लक्ष्य रहेको छ । सामाजिक क्षेत्रमा समेत दलसरीले आफ्नो उपस्थिती बढाएकी छिन् । महिला अधिकारका बारेमा वकलात गर्न सक्ने क्षमता उनले यतिबेला विकास गरेकी छिन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको सहयोगबाट जीवनले नयाँ मोड लिएको उहाँको भनाइ छ ।
अमलादेवी खवासः
कोशीहरैचा नगरपालिका–१ गुरुजी टोलको गैरी गाँउ निवासी अमलादेवी एक अपाङ्गता भएकी महिला हुन् । उनी यतिबेला आफ्नो दैनिकी मुढा बनाएर बिताउने गरेकी छिन् । उनको देब्रो खुट्टा चल्दैन । पहिलो भेटमै उनले भनिन् ‘मेरो जन्म २००७ सालमा भयो तर नागरिकतामा चाहिँ २०१७ साल बनाइदियो । सरकारी सेवा सुविधाबाट वञ्चित भएपनि मसँग सीप छ ।’ नागरिकतामा १० बर्ष उमेर घटेकोप्रति उनलाई अहिले कुनै गुनासो छैन । उनले भनिन् ‘उमेर घटेको थियो भने अहिले सरकारी भत्ताको आशमा दिन बिताउथेँ होला, अहिले त्यसो छैन, भत्ताको आश पनि छैन अब ।’
उनलाई बिहे गरेको साल याद छैन । तर, २०२६ सालमा छोरो जन्मिएको समय बताइन्् khawas। श्रीमान्सँग रहदा गृहस्थी जीवन गर्दै ठिक्क भयो । उनकी श्रीमान् कुमार खवास बितेपछि समस्याहरु आइलाग्न थाले । छोराको कमाइले नाति÷नातिनी र बुहारीको खर्चमै ठिक्क हुन्थ्यो । छोराको विदेशमा बसेर कमाएको पैसा घर खर्चमै सकियो । दलसरी राजवंशीसँग उक्त तालिम अमलादेवीले पनि लिएकी थिइन् । सीपलाई व्यवहारमा उतारेपछि उनको आर्थिक अवस्थामा एकाएक परिवर्तन आयो । दैनिक मुढा बनेर उनी ६ सयदेखि एक हजारसम्म आम्दानी गर्छिन् । फुर्सद हुने वित्तिकै उनी मुढा बुन्न थाल्छिन् । उनको घरमा पुग्दा डाइनिङ टेबल आकारमा मुढा बुन्दै गरेको अवस्थामा थिइन् । आफ्ना जीवनका तीतामीठा अनुभवहरु उनले सुनाईन् । मुढा बनेको सीपबाट आएको आर्थिक प्रगतिको गरेको उनले बताइन् । पहिलो पटक मुढा बनाउनका लागि आवश्यक पर्ने सामग्रीहरु किन्न र बजार व्यवस्थापनका लागि प्रतिष्ठानले उनलाई पाँच हजार दिएको थियो । रकमको सही सदुपयोग गरेपछि उनमा परिवर्तन आएको छ ।
छोरासँग बस्दै आएकी अमलादेवी यतिबेला एक जना नातिनीको पढाइ खर्च आफ्नै कमाइले तिरिदिन्छन् । मुढा किन्न व्यपारीहरु उनीहरुको घरमै आइपुग्छन् । उनीहरु अर्डर अनुसारको मुढा समेत बनाउने गरेका छन् ।
मेनुका कार्कीः
सुन्दरदुलारी–११ निवासी मेनुका कार्की प्रगति महिला समूहकी अध्यक्ष हुन् । ६ बर्षअघि मदन भण्डारी स्मृति प्रतिष्ठानले सञ्चालन गरेको परियोजनामा उनी पनि सामेल भइन् । महिला सशक्तिकरण, महिला अधिकारको स्थापना लगायत अन्य विविध विषयमा केन्द्रित भएर सञ्चालन गरिएको उक्त परियोजनाबाट उनले विविध कुराहरु सिक्ने मौका पाइन् । एउटा सामान्य परिवारको गृहणी । घरायसी काममै उनको दिन वित्ने गर्दथ्यो । परियोजनाबाट उनले धेरै तालिम तथा गोष्ठिहरुमा सहभागिता हुने अवसर पाइन् ।karki परियोजना मार्पmत आर्गनिक मल बनाउने तालिम तथा वेमौसमी तरकारी खेती सम्बन्धिको तालिम लिएपछि कार्कीले स्वरोजगार हुने अवसर प्राप्त गरिन् । तरकारी खेतीको तालिम पाएपछि उनले करिब १० हजार बराबरको तरकारी बेचिसकेकी छिन् । आफ्नो करेसाबारीमा लगाएको बोडी, काउली, खोर्सानी, टमाटर, रायोलगायतका सब्जीहरुबाट उक्त आम्दानी गरेको बताइन् । उनले यतिबेला धनियाँ, खोर्सानी उत्पादन गर्न लागेको बताइन् ।
तस्विरहरुःगोविन्द

December 5, 2015

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal