Agriculture, Economy

विनय च्याऊ उद्योगले ल्याइदिएको खुसी

गोविन्द पोख्रेल,उर्लाबारी
व्यासकुमार लिम्बू अपांग हुनहुन्छ । लिम्बू अपांगता भएका व्यक्तिहरुको समूह उर्लाबारीका नगर अध्यक्ष समेत हुनुहुन्छ । यतिबेला उहाँको दिनचर्या च्याऊ फर्ममा वित्ने गरेको छ । besh kumar showing the harves
विहानै उहाँ उर्लाबारी–६ सालबारीमा रहेको च्याऊ खेतीमा जानुहुन्छ । च्याऊ कति बेच्ने निर्णय गर्नुहुन्छ । उहाँ जस्ता अन्य अपांगता भएका व्यक्तिहरु तथा अभिभावकहरु पनि सोही फर्ममा आइपुग्छन् सवेरै । सबैले फर्मबाट उत्पादीत च्याऊ संकलन गरी स्थानीय बजारमा पठाँउछन् ।
पूर्वकै अग्रणी विनय च्याऊ उद्योगले अपांगता भएका व्यक्तिहरुका लागि भनेर सालबारीमा उक्त फर्म खोलिदिएको हो । जहाँ व्यासकुमार जस्ता अन्य १० जना अपांगता भएका व्यक्ति तथा उनीहरुको अभिभावको दैनिकी सोही फर्ममा वित्ने गरेको छ ।
विनय च्याऊ उद्योगले केही महिना अघि अपांगता भएका व्यक्तिहरुलाई च्याऊ खेती सम्बन्धि दुई दिन तालिम दिएको थियो । अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउने हेतुले तालिम दिइएको सो उद्योगका सञ्चालक उदयचन्द्र श्रेष्ठले बताउनुभयो ।
करिब ७० हजारको लगानीमा विनय च्याऊ उद्योगले उक्त फर्म अपांगता भएका व्यक्तिहरुका लागि भनेर खोलिदिएको हो । टहरा निर्माण गरी ३ सय ६६ वटा च्याऊ उत्पादन गर्ने सिलिण्डर बिनाइदिएको थियो ।
form

iside the form

udaya,bes kumar andgobinda mishraव्यासकुमार लिम्बू,दृष्टिविहिन रुद्र दास,अपांग अभिभावकद्वय तारा लिम्बू र गोविन्द मिश्र लगायत अन्यले फर्मबाट आम्दानी लिन थालेका छन् ।
हालसम्म फर्मबाट ३९ हजार रुपैयाँ बराबारको च्याऊ विक्रि भएको छ । उत्पादीत च्याऊ सालबारीमै खपत हुने गरेको छ,व्यासकुमारले भन्नुभयो–‘नबिकेको च्याऊ विनय च्याऊ उद्योगले किनिदिन्छ । ’
फर्म स्थापना देखि च्याऊ उत्पादन हुनेसम्म अपंगता भएका व्यक्तिहरुले केही र्गनुपरेन,सबै कामहरु विनय च्याऊ उद्योगले गरिदियो,अपांग अभिभावक गोविन्द मिश्रले भन्नुभयो–‘ अब अपांगता भएका व्यक्तिहरु स्वयमं च्याऊ उत्पादनका लागि खट्नेछन । ’ च्याऊ उत्पादनका लागि दृष्टिविहिन,अपांगता भएका व्यक्तिहरु तथा उनीहरुको अभिभावक संयुक्त रुपमा काम गर्ने मिश्रले बताउनुभयो ।
विनय च्याऊ उद्योगले स्थापना गरिदिएको फर्मले यतिबेला उनीहरुमा उमंग छाएको छ । समयको सदुपयोग तथा स्वरोजगार हुने अवसर प्राप्त गरेकाले अपंगता भएका व्यक्तिहरुमा उमंग छाएको व्यासकुमारले बताउनुभयो ।
च्याऊ उत्पादनको वृद्धिका लागि उनीहरु अर्को टहरा निर्माणमा लागेका छन् । कम लगानीमा धेरै आम्दानी हुने च्याऊ खेतीमा धेरै रिस्क हुदैन । लगानी सुनिश्चित हुनाले अर्को टहरा निर्माणका लागि उनीहरु लागेका छन् ।
अपंगता भएका व्यक्तिहरुका लागि विनय च्याऊ उद्योग ‘पहिलो दाता’ रहेको व्यासकुमारको भनाइ छ ।
बौद्धिक अपंगताका अभिभावक गोविन्द मिश्रका अनुसार फर्मबाट सुस्त मनिस्थिती, अपांगता भएका व्यक्तिहरु र अभिभावकले फर्मबाट लाभ लिन सक्ने बताउनुभयो ।
एक कठ्ठा जमिनमा वार्षिक ५ हजार भाडा तिर्ने गरी उक्त फर्म स्थापना गरिएको हो । दुईवटै टहरबाट च्याऊ उत्पादन गर्ने उनीहरुको लक्ष्य छ ।
च्याऊ उत्पादनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान विनय च्याऊ उद्योगले तालिम मार्पmत दिएको छ ।
आपांगता भएका व्यक्तिहरुलाई स्वलम्बीतर्फ डो¥याउन पाएको गर्व गर्छन्,विनय च्याऊ उद्योगका सञ्चालक उदयचन्द्र श्रेष्ठ । आपूmले जस्तै अरुले पनि अपंगाता भएका व्यक्तिहरुलाई सहयोग गरे राम्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘मन्दिरमा भेटी चडाउनुभन्दा अभाव भएका व्यक्तिलाई सहयोग गर्नु राम्रो । ’

तस्विरहरुः गोविन्द पोख्रेल

October 31, 2015

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal