Society, Tourism

आन्तरिक पर्यटकलाई लोभ्याउँदै पूर्वी मोरङका सीमसार

उर्लाबारी । हिउँदयामको सुरूवातसँगै पूर्वी मोरङका सीमसार क्षेत्रमा सार्वजनिक विदाको दिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
सार्वजनिक बिदाको मौका पारी ती क्षेत्रमा घुमफर गर्न, वनभोज खान, रमाइलो गर्नेको भीड लागेको हो । यसअघि झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, ईलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको भेडेटार, मुलघाटसम्म पुग्नेहरू यतिबेला मोरङका सीमसार एवं पर्यटकीय क्षेत्रमा नै रम्न थालेका छन् ।
उर्लाबारी–६ स्थित बेतिनी सीमसार र बेलबारी–९ स्थित बेतना सीमसार क्षेत्र आन्तरिक पर्यटकको प्रमुख गन्तव्यको रूपमा स्थापित हुँदै गएका छन् । सीमसारमा भएका जल जीवसँग रमाउने र एकान्त वातावरण भएको कारण वनभोज खाने र रमाइलो गर्नेको भीड् लाग्ने गरेको हो ।
सीमसार क्षेत्रमा शैक्षिक भ्रमण, रमाइलो र पिकनिङ खान आउनेको संख्या उल्लेख्य रहेको पत्रकार घनश्याम भण्डारीले बताउनुभयो । उहाँका अनुसार नयाँ वर्ष, भ्यालेनटाइन डे वा कुनै पर्व र उत्सवमा वनभोज खाने र घुम्न आउनेको संख्या पनि बढी नै रहेको छ ।
शनिबारका दिनमात्र सीमसार क्षेत्रमा ५० देखि माथि नै वनभोजका टोली आउने गर्दछन् । भण्डारीका अनुसार शनिवार पारेर आउने अधिकांस विद्यार्थी र सरकारी कर्मचारी हुन्छन् । ‘कहिले कहिले त ठाउँ नै पाउँदैनन्’, भण्डारीले भन्नुभयो, ‘ढिलोगरी वनभोज खान आउनेका लागि ठाउँको समस्या हुनेगरेको छ ।’ यहाँ विशेषत इटहरी, धरान, विराटनगर, दमक र सीमसार आसपासका आउने गरेका छन् ।
महेन्द्र राजमार्गसँगै जोडिएर रहेको बेलबारीस्थित बेतना सिमसार जिल्ला कै आकर्षक गन्तब्य बनेको छ । करिब ६५ बिगाहा क्षेत्रफलमा फैलिएको यस सीमसारमा साइबेरियादेखि आउने चराहरूका साथै पच्चीस प्रजातिका दुर्लभ चराहरू, विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति पाइन्छन् । यहाँ आकर्षक पिकनिङ स्पोट, मनोरञ्जनात्मक बोटिङले गर्दा अन्तरिक पर्यटकका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय रामकृष्ण राईले बताउनुभयो । ‘बेतनामा प्राकृतिक दृश्यावलोकन गर्नेको भीड लाग्ने गरेको छ ।’ उहाँले भन्नुभयो, ‘सुन्दर प्राकृतिक दृश्य र बाहिरी वातावरणभन्दा टाढा रहेकाले बनभोज खानेको भीड लागेको हो ।’
यता पूर्वी मोरङको चुलीपोखरी र राजारानी पोखरी पहाडी इलाकामा भएको कारण पनि प्रकृतिसँग रमाउने र घुम्नेहरूको लागि आकर्षक गन्तब्य बन्ने गरेको छ ।
उत्तरी मोरङको भोगटेनी ८ मा पर्ने राजारानी क्षेत्रमा दशैंलगत्तै आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । वर्षेनि सयांै टोली वनभोजका लागि राजारानी पुग्ने गरेको स्थानीय डम्बरबहादुर मगरले बताउनुभयो । उहाँका अनुसार राजारानीको मनमोहक दृष्यावलोकन गर्न मोरङ र सुनसरीका पर्यटक आउने गरेका छन् ।
मोरङको लेटाङबाट ४ किमि उत्तर पश्चिममा पर्ने प्राचीन राजारानीमा व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेजहरू पनि निर्माण गरिएकोले मोरङको सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको मगरको भनाइ छ । राजारानी क्षेत्रमा ऐतिहासिक राजारानी र राजकुमारी पोखरी रहेको छ । यस क्षेत्रलाई वनस्पति विदहरूले सुनाखरीको राजधानी समेत भनेका छन् । महाभारत पर्वत श्रेणीको काखमा अवस्थित यस क्षेत्रबाट झण्डै सय प्रकारका सुनाखरी अवलोकन गर्न पाउने वनस्पति विज्ञानका शिक्षक एवं पत्रकार रामचन्द्र अधिकारीले बताउनुभयो ।
प्रस्तुति ः ईश्वर भट्टराई
उर्लाबारी, मोरङ
सम्पर्क ः ९८४३३३५८६१
simsar (5)

November 24, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal