Interview, Models

ग्ल्यामर गर्न सक्छु भल्गर गर्न सक्दिन – शवनम राई

नेपाली चलचित्र उद्योगमा चर्चित कलाकार बन्ने सपना बोकेर सर्घषरत मोडल हुन् –‘शवनम राई’ । हेटौंडा घर भएकी राईले डान्सबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । शवनमले टेलिफिल्म, म्युजिक भिडियो लगायतमा अभिनय गरेकी छिन् । हट र ग्लामरस लुक भएकी मोडल राईसँग गरिएको कुराकानी ः
…………………………………………………………………..

10450347_10152311991840684_6470770009218186329_nअहिले के मा ब्यस्त हुनुहुन्छ ?
–मोडलिङ गर्दै छु । म सिरियल म्युजिक भिडियोहरुमा ब्यस्त छु ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
–म्युजिक र ग्लामरको दुनिया एकदम रमाईलो लाग्ने र अफरहरु पनि एसएलसी पछि धेरै आए । फिल्महरु पनि धेरै हेर्ने गर्थे । यही क्रममा प्लस टु पनि सकाएँ । त्यसपछि यो क्षेत्रमा हात हालेको हुँ । मेरो सानैदेखि चर्चित कलाकार बन्ने इच्छा थियो ।
कलाकारिता क्षेत्रलाई कसरी लिनु हुन्छ ?
–यो क्षेत्र भनेको आफ्नो क्षमता देखाउने ठाउँ हो । कलाकारिता क्षेत्रको माध्यमबाट समाज सुधार गर्नु सक्नु पर्छ । समय अनुसार यो क्षेत्र पनि परिर्वतन हुनु पर्छ जस्तो लाग्छ । 1888751_349882715171634_6004065111782350702_n

10175045_349882188505020_5621585540985535335_n

10411177_349881928505046_3457134243182845866_n

10468369_349882408504998_9048946204828358258_n

10593220_349192291907343_9162258170110411020_n

10689742_343238049169434_8456643067576382233_n
नयाँ कलाकारले त कथाले मागेजति दिनु पर्ने कुरा आउँछ, तपाईले कतिसम्म दिन सक्नुहुन्छ ?
– कथा अनुसार आफू फिट छु जस्तो लाग्यो भने गर्ने हो । होइन भने त त्यसरी जान राम्रो हुँदैन । कथा मन नपरेको गर्दिन र दिन आवश्यक पनि पर्दैन ।
तपाईको हकमा कथाले माग्यो भने कतिसम्म खुल्नुहुन्छ ?
– हलिउडमा जस्तो त सकिदैन । समाजमा पच्ने खालको हुनुपर्छ । ग्ल्यामरको नाममा बढि एक्स्पोज हुन्छ । म ग्ल्यामरस गर्न सक्छु, एस्पोज गर्दिन । म ग्ल्यामरको नाममा अङ्ग प्रदर्शन गर्दिन । ग्ल्यामर गर्न सक्छु भल्गर गर्न सक्दिन ।
ग्ल्यामर र भल्गरमा के फरक छ ?1888751_349882715171634_6004065111782350702_n (1)
– ग्ल्यामरमा देखियो–देखियो जस्तो हुन्छ । तर भल्गरमा पुरै देखिन्छ ।
यो क्षेत्रमा महिलालाई अलि गाह्रो छ भन्छन् नि ?
– मलाई त्यस्तो लाग्दैन । अहिले फिल्मलाइनमा पुरुषभन्दा महिला अगाडि छन् । त्यसैले महिलालाई केही गाह्रो छैन ।
यो क्षेत्रमा सेक्स प्रस्तावहरु धेरै आउँछन् रे नि ?
– कुनै पनि राम्री महिलाहरुलाई त्यस्तो प्रस्ताबहरु त आईहाल्छ नि । नायिका हुनु नै पर्छ भन्ने छैन । आफूले त्यसलाई कसरी लिने भन्ने कुरा महत्वपूर्ण हो ।
तपाईलाई निर्देशक÷निर्माताबाट यस्तो प्रस्ताव आएन ?
– अहिलेसम्म त यस्तो प्रस्ताव आएको छैन ।
तपाई सेक्सलाई कसरी लिनुहुन्छ ?
– सेक्स विवाहपछि हुने कुरा हो । यो एउटा फिलिङको कुरा हो । यसको लागि सेफ हुनु पर्छ र मन मिल्नु पर्छ । यो प्राकृतिक चीज हो, यसलाई नकार्न सकिँदैन ।10614271_408731612610064_4749311884233572515_n
बिहे कहिले गर्ने त ?
– २५ वर्ष पुगेपछि गर्ने हो । पहिला करिअर बनाउनु पर्छ । ममीबाबाको सपना पुरा गर्नुछ ।
अन्त्यमा….
– यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई आफू दक्ष भएर आउनुहोस् । जसले गर्दा कसैबाट शोषण हुनु पर्दैन । तपाईसँग क्षमता छ भने कसैसँग कुनै सम्झौता गर्नु पर्छ जस्तो मलाई लाग्दैन । यस क्षेत्रलाई नराम्रो दृष्टिले मात्र होइन सकारात्मक नजरले हेर्न पनि दर्शकलाई आग्रह गर्दछु ।

November 22, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal