Sports, World

बिदेशमा पनि फुटबलको मोह

10518648_657595400981779_7680805042599390353_nकुनै समय उर्लाबारी क्षेत्रमा फुटबलको माध्यमबाट चिनिएको नाम हो– लेखु शंकर । उर्लाबारी फुटबल क्लबबाट डिफेन्डरको रुपमा खेल्दै आएका लेखु बाध्यताको कारण फुटबललाई छोडेर रोजगारको लागि बिदेशीन बाध्य भए ।
तर रोजगारको लागि कतार हानिए पनि उनको फुटबलको क्रेज मरेन । उनले कतारमा पनि उर्लाबारी–कतार फुटबल टिम बनाएर छुट्टिको समयमा फुटबलमा रमाए ।
लेखु सहित कतारमा उर्लाबारीका पूर्व फुटबलर प्रकाश गिरी, महेश लिम्बू लगायतको कतार फुटबल टिम रहेको छ । उर्लाबारीको साथै अन्य स्थानका पनि पूर्व खेलाडीहरु सो टिममा आबद्ध भएका कारण त्यहाँ हुने एक दिवसीय नेपाली फुटबलमा राम्रो नतिजा ल्याउने गरेको लेखु बताउँछन् ।
नेपालमा उनले चर्च ब्वाइज यूनाइडेट, उर्लाबारी फुटबल क्लब लगायतबाट पूर्वका अधिकांश फुटबल प्रतियोगितामा उत्कृष्ठ खेल प्रस्तुत गरेर चर्चामा थिए, उनी । सानेपाबाट सी डिभिजन लिग समेत खेलेका थिए ।

November 19, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal