Blog

‘सर्घष गरे एक दिन सफल भइन्छ’

IMG_20141014_155020
स्कुलले जीवनमा पढ्दा बुवा बित्नुहुन्छ । त्यसको ठीक एकवर्ष पछि घरकै केही सदस्यहरु दुव्र्यसनीमा पर्छन् । आपैmँ कल्पना गर्नुहोस् तपाईको जीवनमा यो अवस्था आउँदा कस्तो हुन्छ होला । तर, जीवनको वास्तविक महत्व बुझ्नेहरु अहिले पनि नेपाली समाजमा छन् । जसो तसो गरी एसएलसी परिक्षा दिन्छन् उनी । अनि उनको जीवनले अर्कै मोड लिन्छ । दुव्र्यसनीमा परेकाहरुका लागि छुट्कारा दिलाउनका लागि अनेक कदम चाल्न पनि पछि हट्दैनन् । अन्तयमा गएर उनी लगायतको टिमले सहरमा भएका दुव्र्यसनीहरुलाई एक जुट गराएर खेलकुद(फुटबल खेल) मा सामेल गराउने अनि उनीहरुलाई फुटबलबाटै लागूऔषधबाट छुट्कारा दिलाउने उपाय अपनाउँछन् ।
त्यही परिवेशमा भर्खरै १८ बर्षमा टेकेको युवाको आगमन हुन्छ, जो लागूऔषध र दुव्र्यसनी विरुद्ध छ । ती युवा त्यही थिए, जो अहिले पूर्वकै सफल व्यवसायी एवं सामाजिक छवि सफल बनाउन व्यक्तित्व हुन्– सचिन शाक्य । शाक्यको स्कूले जीवन धेरै दुःख कष्टमा बित्यो । जतिबेला एसएलसी दिने बेला भयो, घर परिवारमा विभिन्न समस्याहरु उत्पन्न भयो, आपूmलाई जन्म दिने बुवाको मृत्यु, परिवारका अन्य सदस्यहरु दुव्र्यसनमा फँस्नु । त्यतिहुँदा हुँदा पनि उहाँले जीवनमा कहिल्यै हरेस खानुभएन ।
जीन्दगीको किशोर अवस्थामै संघर्ष गर्न थाल्नुभयो शाक्य । आपूmसँगैका साथीहरु पढाइमा व्यस्त हुन्थे भने शाक्य चाही समाजिक कार्यका साथै आफ्नो पढाईलाई पनि सँगसँगै लाग्नुभयो । शाक्यको मानसिकतामा लागूऔषध प्रयोगकर्ताहरुलाई दुव्र्यसनबाट छुटकारा दिलाउनुथियो । पहिले त उहाँ आफ्नो परिवारभित्रका सदस्यलाई लागूऔषधबाट टाढा बनाउनु थियो । किन भने उहाँ स्वम पीडित हुनुहुन्थ्यो । त्यसैले उहाँलाई परिवारमा मात्र नभएर सिंगो समाजलाई दुव्र्सयन मुक्त बनाउनु थियो । यसको लागि उहाँ लगायतको युवा समूहले उर्लाबारीमा सचेतना मूलक कार्यक्रम ल्याउनुको साथै संघसंस्थापनाको लागि पहल गर्नुभयो ।
शाक्य अहिले विगतलाई सम्झँदै भन्नुहुन्छ–‘२०५७ साल कै कुरो हो हामीले उर्लाबारीमा केही नयाँ कुरा गरौँ भन्ने हेतुले उर्लाबारी युवा क्लबको स्थापना ग¥यौँ । ’ शाक्य उर्लाबारी युवा क्लबलाई प्रेरणाको स्रोत भन्न रुचाउनुहुन्छ । उहाँका अनुसार बढ्दो लागूऔषधका दुव्र्यसनी कारण थुपै्र युवाहरुले आफ्नो भविष्य अन्धकारमय बनाएका छन् । किशोरवस्थादेखि नै सामाजिक कार्यमा लाग्नुभएका शाक्यले विभिन्न संघसस्थाहरुलाई आजका मितिसम्म सहयोग गरिराख्नुभएको छ । चाहे त्यो सञ्चार क्लब उर्लाबारी होस् या नमूना बाल गृह उर्लाबारी नै किन ? उहाँले उर्लाबारीमा सञ्चालनमा आएका विभिन्न सामाजिक संघसस्थाहरुमा सहयोग गर्दै आउनुभएको छ । उहाँको कार्यको मूल्याङ्कन गर्दै सञ्चार क्लब उर्लाबारीले शाक्यलाई सम्मान समेत गरेको छ । उहाँ अहिले सामाजिक कार्यमा आपूmले सहयोग गर्न पाउदाँ खुसी लाग्ने गरेको बताउनुहुन्छ । सामाजिक कार्यमा सहयोग गर्ने अभिरुची उहाँले आफ्नी आमाबाट सिकेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘मेरी आमाले मलाई किशोरअवस्थामा,‘कान्छा त सामाजिक कार्य गर्नका लागि अरुसँग हात पैmलाउँछस्,पछि तैँले पनि समाजिक कार्यमा सहयोग गर्दा हात अरुलाई दिनू । ’20140802_084837 शाक्यले भावुक हँुदै भन्नुभयो–‘कुनै बेला यही ठाँउमा हामी सामाजिक कार्यका लागि अरुसँग हात माग्थ्यौँ तर आज म जुनसुकै सामाजिक कार्यका लागि सहयोग गर्ने गरेको छु चाहे त्यो भौतिक,आर्थिक र मानसिक रुपमै किन नहोस् ! ’ शाक्य यसलाई आफ्नो जिवनको ठूलो उपलब्धी भएको बताउनुहुन्छ । शाक्य अहिले विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध हुनुहुन्छ । हाल उर्लाबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष रहनुभएका शाक्यले विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग गर्नुभएको छ । उहाँले उर्लाबारीकै एक जना विद्यार्थीलाई निःशुल्क रुपमा ४ वर्ष विद्यालय पढाइदिनुभएको थियो । उहाँले उर्लाबारीका राजकुमार सार्कीलाई कक्षा ७ देखी १० सम्म पढाइदिनुभएको थियो ।
शाक्यको परिचय समाजिक छविमा मात्र सिमित नभएर एक सफल युवा व्यवसायीको रुपमा समेत चिनिनुहुन्छ । उहाँले आपूmलाई सफल निर्माण व्यवसायीमा उभ्याउनु भएको छ । उहाँ भन्नुहुन्छ–‘मेरो काम विकास निर्माणमा मात्र सिमित छैन, सामजिक कुरिति अन्त्यका लागि पनि मैले समाज निर्माण गर्नु हो । त्यसैले म जहिल्यै पनि भन्ने गरेको छु, भौतिक संरचनाहरुको निर्माण र समाज निर्माण एउटै हुन् । ’ शाक्यलाई व्यवसायमा आउनका लागि आफ्नै समुदाय(नेवार)बाट उत्प्रेणा मिलेको बताउनुहुन्छ । नेवार समुदायका मानिसहरु प्रायःव्यापार व्यवसायमा लाग्ने गरेकाले आपूmलाई व्यापार व्यवसायमा लागेको बताउनुभयो । sachin9
शाक्यले २०६१ सालदेखि आपूmलाई व्यापारीको रुपमा उभ्याउनुभएको छ । उहाँले सूर्यकमल निर्माण सेवा नामक निर्माण संस्था खोल्नु भएको छ । निर्माण व्यवसायमा लागेसँगै उहाँले उद्योगी व्यापारीहरुको साझा संगठन उद्योग वाणिज्य संघ उर्लाबारीमा युवा उद्यमीको प्रतिनिधित्व गर्दै उहाँले २०६७ सालदेखि क्रियाशील हुनुहुन्छ । शाक्य उर्लाबारी उद्योग वाणिज्य संगठनको उद्योग सचिव हुनुहुन्छ । निर्माण क्षेत्रमै आपूmलाई सफल उद्यमीका रुपमा चिनिउनुभएका शाक्य पूर्वाञ्चल टिफर व्यवसायी संगठनको सदस्य समेत रहनुभएको छ । व्यापारसँगै उहाँले अहिले आएर होटल व्यवसायमा संलग्न हुनुभएको छ । भर्खरै दमकमा स्थापना भएको होटल वन्डरल्याण्डको सञ्चालक समेत रहनुभएको छ शाक्य ।
युवाहरुका लागि गतिलो उदाहरण बन्नुभएका शाक्यको जीवनबाट विभिन्न पाठहरु सिक्न सकिन्छ । उहाँ भन्नुहुन्छ–‘दुःखमा आत्तिने र सुखमा कहिल्यै पनि मात्तिनु हुदैँन । जिवनमा धैर्यता अपनाउनु जरुरी छ । संघर्ष गरे अवश्य लक्ष्यमा पुगिन्छ । ’

October 16, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal