Society, World

पारसलाई छुटाउन र स्वदेश फर्काउन पहल नगर्ने

काठमाडौंparas-at-Thailand1
गाँजासहित थाइल्यान्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई छुटाउन वा स्वदेश फर्काउन निर्मलनिवासले कुनै पहल नगर्ने भएको छ । पूर्वराजपरिवारले पारसको अवस्थाबारे औपचारिक रुपमा सोधिखोजी पनि गरेको छैन ।
निर्मल निवास स्रोतका अनुसार छोरो पक्राउको घटनाले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल चिन्तित बनेका छन् । तर उनलाई रिहा गराउनेबारे कसैसँग छलफल गरेका छैनन् । थाइल्यान्डस्थित नेपाली दूतावाससित पनि निर्मलनिवासका तर्फबाट सम्पर्क नभएको स्रोतले जनाएको छ ।
पारसलाई बुधबार थाइ प्रहरीले गाँजासहित पक्राउ गरेको थियो । यसअघि पनि गाँजासेवन र सार्वजनिक स्थलमा तोडफोड गरेको आरोपमा पारसलाई पक्राउ गरेका थिए ।
बैंककमा रहेका नेपालीले पारस पक्राउ परेको जानरकारी निर्मल निवासमा गराएका थिए । पूर्वअधिकारकुमार धिरेन्द्रका छोरीहरु पारसलाई भेट्न बैंकक जाने सम्भावना रहेको स्रोत बताउँछ । तर पक्का भइसकेको छैन । पारसका साथी राजेश सिंह भने सोमबार सम्ममा बैंकक जाने भएका छन् ।

October 12, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


ONE COMMENT ON THIS POST To “पारसलाई छुटाउन र स्वदेश फर्काउन पहल नगर्ने”

  1. ujjwal says:

    yaslai ta fasi dinu parchha ani matra raj pariwarle sukha pauchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal