World

नेपालीलाई आन्दोलनमा सहभागी नहुन अपिल

हङकङ- चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जारी सरकार विरोधी आन्दोलनमा नेपालीहरू सहभागी नहुन यहाँस्थित महावाणिज्यदूतावासले अपिल गरेको छ । कुनैपनि मित्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषित नीति एवं नेपालले अंगीकार गर्दै आएको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धता मुताविक सोही अनुरुपको व्यवहार प्रस्तुत गर्न अनुरोध गरिएको हो ।
12
‘यो चीनको आन्तरिक मामिला हो, नेपाल एक चीन नीति प्रति दृढ छ’, महावाणिज्यदूत महेशप्रसाद दाहालले ईकान्तिपुरसँग भने, ‘आफ्नो मुलुकको नीतिलाई सम्मान गर्दै यहाँ रहेका नेपालीहरू आन्दोलनमा सहभागी नहुनहोस् भन्ने सरकारको अपिल हो ।’ गत ३१ अगष्टमा चिनियाँ कम्युनिष्ट पार्टी, नेसनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले सन् २०१७ मा हुने निर्वाचनमा ‘एक व्यक्ति एक भोट’ नीति लागु हुने भएपनि हङकङको कार्यकारी प्रमुखमा पूर्व निर्धारित व्यक्तिमात्र उम्मेदवार हुन पाउने कानुन पारित गरेपछि यसको चर्को विरोध सुरु भएको हो । चीन सरकारले जारी गरेको उक्त कानुन खारेज गरी पूर्ण प्रजातान्त्रिक चुनाव गराउनु पर्ने लोकतन्त्र समर्थक आन्दोलनकारीहरूको माग छ ।

‘कुनैपनि मित्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सरकारको घोषित नीतिका साथै ‘एक चीन नीति’ एवं ‘एक देश दुई प्रणाली’ प्रति नेपालको पूर्ण प्रतिबद्धता छ’, महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हङकङमा रहेबसेका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई सोही अनुरुप आफ्नो व्यवहारलाई व्यवस्थित गर्नुहुन र हाल भइरहेको ‘अकुपाई सेन्ट्रल’ का कुनैपनि गतिविधिहरूमा प्रत्यक्ष एवं परोक्ष संलग्न नहुन अपिल गर्दछ ।’ सरकारी मुख्यालय र विश्वप्रसिद्ध व्यापारिक कम्पनीहरूका कार्यालय रहेको ‘सेन्ट्रल’ लाई लक्षित गरी प्रजातन्त्र समर्थकहरूले ‘अकुपाई सेन्ट्रल’ अभियान थालेका हुन् । प्रहरीले गत आइतबार प्रदर्शनकारीहरूमाथि धरपकड र अश्रुग्यास प्रहार गरेपछि आन्दोलन थप चर्किएको हो । त्यसयता आन्दोलनकारीहरूले सहरका केही मुख्य ठाउँहरूमा सवारीसाधन ठप्प पार्दै आएका छन् । प्रदर्शनमा विद्यार्थीहरूको ठूलो सहभागिता छ । प्रर्दशनकारीहरूले हङकङका कार्यकारी प्रमुख सि वाई लिउंगले बिहीबारसम्म राजीनामा नदिए सरकारी भवन कब्जा गर्ने चेतावनी दिएका छन् । तर प्रमुख लिउंगले भने आन्दोलनलाई गैरकानुनी बताउँदै राजीनामा दिन इन्कार गरेका छन् । अमेरिका भ्रमणका रहेका विदेशमन्त्री वाङ यीले हङकङ मामिला आन्तरिक भएको र सबै मुलुकले चीनको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने बताउँदै स्थानीय सरकारले कानूनअनुसार स्थिती नियन्त्रणमा लिने विश्वास व्यक्त गरेका छन् ।गर्नुपर्ने बताउँदै स्थानीय सरकारले कानूनअनुसार स्थिती नियन्त्रणमा लिने विश्वास व्यक्त गरेका छन् ।

October 2, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal