Blog

बदलिएको दशैं– ‘हिजो र आज’

Dashain-Ko-Tika
समयभन्दा पनि मौसमअनुसार फेरिएको छ, दसैंको अनुहार । मौसमअनुसार, किनभने पहिले–पहिले भदौरे झरी सकिने बित्तिकै काठमाडौं सहर विस्तारै कुहिरोले छोपिन्थ्यो । बिहान– बिहान हुस्सुको हल्का आक्रमण, त्यसपछि विस्तारै–विस्तारै मलीन हुँदै जाने पारिलो घाम । सहरभित्र कहिल्यै गर्मी महसुस गर्नु नपर्ने वातावरणसँगै दसैंको तयारी सुरु हुन्थ्यो । इन्द्रेजात्रापछि बिहान सबेरै विभिन्न देवी मन्दिरहरुको परिक्रममा गर्नेहरुले बजाएको गुँला, यँला र मोनी बाजाहरुको मधुर स्वर दसैं आगमनको बलियो संकेत हुन्थ्यो । रीतिरिवाज कट्टर थिएन । तैपनि मानिसहरुमा पितृप्रति शिष्टाचार थियो । त्यसैले सोह्र श्राद्वका पन्ध्रदिन ती बाजा बज्दैनथे ।
सोह्र श्राद्वका पन्ध्र दिनपछि, अर्थात् घटस्थापनादेखि ती बाजा फेरि बज्न थाल्थे। प्रेम र उपासनाको पर्वका रुपमा नवरात्रि प्रारम्भ हुन्थ्यो । घटस्थापनाका दिन बागमती र विष्णुमतीबाट सफा बालुवा घर ल्याएर जमरा राख्ने गरिन्थ्यो । विजया दशमीको दिन मान्यजनका हातबाट निधारमा रातो टिका ढल्काएर, नौ दिनसम्म छोपेर उमारिएको जौको बीउ हलक्क बढेर पहेँलो भएका जमरा कानमा लर्काएपछि दसैंले विदा लिन्थ्यो । पहे“लो जमरा लगाउने रहर जन्माउँथ्यो दसैंले, सबैमा । कसका घरको जमरा कति पहेँलो रु केटाकेटीहरुबीच एकप्रकारको जमरा ‘कम्पिटिसन’ नै हुने गथ्र्यो, काठमाडौंमा ।
युवा–युवतीका लागि महत्वपर्र्ण समय हुन्थ्यो, नवरात्रि । नवरात्रि मेलाको अवसर पारेर धेरैले एकअर्काप्रति आफ्नो आकर्ण अभिव्यक्त गर्थे । यस्ता कतिपय आर्कषण प्रेमका रुपमा प्रकट पनि हुन्थ्यो । बिहानै उठेर शक्ति पीठहरुको दर्शनका लागि जाने कार्यक्रम बनाउँथे, टोलटोलका तन्नेरीहरु । रातको अन्तिम प्रहरले विदा लिन नपाउँदै फौजका फौज तन्नेरीहरु नौ दिनसम्म गुह्येश्वरीदेखि शोभा भगवतीसम्मको मन्दिर यात्रामा निस्कन्थे । बाटामा पर्ने देवी मन्दिरहरुको परिक्रमापछि त्यतिबेला काठमाडौंको लोकप्रिय नास्ता ‘तात्तातो’ जेरी–स्वारी खाएर फर्कन्थे, ती जवान–जवानीहरु । रोमाञ्चका दृष्टिले निकै महत्वपूर्ण हुन्थ्यो, नवरात्रि यात्रा । यात्राका क्रममा प्रयोग गरिने उत्ताउला शब्दका आफ्नै परिभाष र संकेतहरु बन्ने गर्थे ।
दसैं आगमनसँगै पूरै नेपाली समाज पैसाको जोगाड र सहर गएर’ किनमेल गर्ने तयारीमा लाग्थ्यो । काठमाडौं सहर अहिलेको जस्तो फराकिलो पनि थिएन । टुकुचा र विष्णुमतीको सीमानाभित्र समेटिएको थियो, मुख्य सहर काठमाडौं । इगुमती र रुद्रमतीको बीचमा रहेको त्यतिखेरको आधुनिक डिल्लीबजारसम्म पनि खाँटी काठमाडौं सहरभित्र पर्दैनथ्यो । धेरै पैसा हुने सहरियाहरु सोहै श्राद्वअघि नै भारतको पटना र कलकत्ता पुगेर दसैंको मुख्य किनमेल सक्थे । थोरै पैसा हुनेहरु पनि मन फुकाएर खर्च गर्न तम्सिन्थे । सरकारी कर्मचारीहरु किनमेलका लागि पेस्की कुर्थे । पैसा नहुनेहरु फूलपातीको दिनसम्म पनि बजार जाने योजना बनाइरहेका हुन्थे। केटाकेटीहरुका लागि सहर जानु नै पनि दसैंको मुख्य आकर्Èणमध्ये एउटा हुन्थ्यो । नया लुगाको आकर्Èण त छ“दै थियो ।
यसबाहेक सहरमा सिनेमा हलहरु थिए । बा–आमा दुवैको मन प्रसन्न रहेछ भने हलमा पसेर सिनेमाको आनन्द लिन पाइन्थ्यो । अन्नपूर्र्ण मन्दिरस “गैको चोखाछे“ गल्लीमा एकमात्र, त्यसैले चल्तीको, अमृत भण्डार थियो। खुब चल्थ्यो, अमृतको आलुदम दसैंका बेला। स्त्री जातिका लागि बजारको होटलमा खाजा खाने एकमात्र अवसर हुने गथ्र्यो दसैंको किनमेल । किनमेल सकेर आलुदम, लालमोहन र जेरी–स्वारीको खाजापछि विस्तारै लाग्थे मानिसहरु पोका पुन्तरा स्याहार्दै घरतिर । बस र ट्याक्सीको चलन थिएन । त्यसैले जत्था बनाएर हि“ड्थे मानिसहरु ।
जुद्व सडकमा कमिज सुरुवालका लागि ‘सनफराइज’ कपडा र चोलो फरिया, तिलंगा लाइनमा जीरा र जाइफलजस्ता मरमसाला, इन्द्रचोकमा घीउतेल, भोटाहिटीमा जुत्ता र त्यसपछि तमाखु । दसैंको किनमेलका लागि आउने ग्राहकहरु केटाकेटीका लागि पसल–पसलमा ‘फोसा’ बाँड्न राखिएको बालपोष र शितल पिपलमेन्ट आर्कषणका केन्द्रमा रहने गर्थे । काठमाडौं उपत्यका छेउछाउका पहाडी बस्तीहरुबाट घीउ, अमिलो र अन्य स्थानीय उत्पादन बोकेर आउनेहरु नरदेवीमा भारी बिसाउँथे । दसैंका लागि नुनतेल, लत्ताकपडा र मरमसलाको जोहो गर्थे । शक्ति पीठहरुको दर्शन गर्थे र घर फकिन्र्थे । सहर र गाउँका सुजिकारहरुका लागि भ्याइनभ्याइ हुन्थ्यो, कपडा सिलाउन । कतिले मछिन्द्रवहालका साहुहरुकहाँ आइमाइका सेता हुन थालेका कमसल सुनका ढुंरी र मारवाडी बन्धक राखेर पनि दसैं मनाउँथे । त्यस्तो लगानीको व्याज असुल्न मंसिर लाग्नेबित्तिकै साहुहरु किसानको खलोमै पुग्थे ।
विदेशबाट दसैं मनाउन घर फकिर्नेहरुको लर्को नेपाली समाजलाई भावनात्मक रुपले एक तुल्याई राख्न सफल थियो। भारत र बेलायतका गोर्खा पल्टनबाट फकिर्नेहरु परिवारमा आशाको सञ्चार गर्थे । उनीहरुले दसैंका बेला ल्याउने पैसाले त्यतिबेलाको ग्रामीण अर्थतन्त्र धानेको पनि थियो । आवश्यकताहरु साह्रै कम थिए । आकांका बारे त नेपाली समाजले कहिल्यै सोच्दै सोचेन ।
अष्टमी हुने गथ्र्यो दसैंको मुख्य आर्कषण । कसको घरमा कति धार्नीको खसी काटियो रु कसको घरमा काटिएन रु चर्चाको विषय नै यही हुन्थ्यो । शक्तिको प्रतीकका रुपमा मानिने चाड भएकाले दसैंका बेला देवीलाई बलि चढाएर प्रसन्न तुल्याउने मान्यता थियो, नेपाली समाजमा । जो बलि चढाउँदैनथे, ती पनि प्रतिकात्मक रुपमा देवीलाई कुभिण्डो काटेर खुसी तुल्याउन चुक्दैनथे। अष्टमीका दिन काठमाडौंका थुप्रै घरमा कालरात्रि गरिन्थ्यो। त्यसैले, बोकाहरुको व्यापार खुबै चम्किन्थ्यो । नवमीको दिन तलेजु भवानीको दर्शन गर्न मानिसहरुको ओइरो लादथ्यो हनुमान ढोकातिर । त्यही एकदिन मात्र खोल्ने परम्परा छ, तलेजु मन्दिरको ।
मासु दसैंको मुख्य आहार हुन्थ्यो । वर्षैभरि मासु खाने मेसो नपर्ने भएकाले दसैंको अष्टमीदेखि कोजाग्रतसम्म लगातार मासु खाने चलन थियो, सहरमा । दसैंका लागि भेंडाच्यांग्रा ल्याउनु सरकारको प्रमुख दायित्व थियो । अहिलेसम्म यो दायित्ववाट कुनै पनि सरकार चुकेका छैनन् ।
त्यतिबेलाको दसैं कृषिप्रधान देशका गरिब र धनी दुवैथरि कृषकहरुका लागि वर्षको एउटा पक्ष पूरै मनोरञ्जनमा बिताउने अवसर हुन्थ्यो। ऋण काढेर भए पनि मनाउनैपर्ने बाध्यात्मक अवस्था सिर्जना गथ्र्यो, दसैंले । त्यतिबेलाका पाठ्यपुस्तकमा उखान समावेश गरिएको हुन्थ्यो, ‘आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई ।’ उखान प्रचलितमात्रै होइन, ‘पपुलर’ पनि थियो ।
त्यसपछि काठमाडौको मौसम अचानक बदलियो । मौसमसँगै दसैंको चलनमा पनि परिवर्तन आयो । यो परिवर्तनको पत्तो कसैले पाएन । दसैं ढोल बजाएर आउन छाड्यो । ऋण काढेर दसैं मनाउने चलन नहराए पनि सहरको बढ्दो समद्विले त्यो छोपियो । बजारमा ह्वात्तै विविधता देखिन थाल्यो । सुजिकारहरु बेरोजगार भए । रेडिमेड कपडाले बजार टिप्यो । फेसनका नयाँ परिभाषाहरु स्थापित हुन थाले । फेसनमा मात्रै होइन, आचरण र खानपिनमा पनि परिवर्तन आउन थाल्यो । खसीको मासुको शुद्व कबाब र गरम मसलाको झोलमा पाक्ने दसैंको मासुको स्वादमा अरु विभिन्न स्वादहरु थपिन थाले । मासुका परिकार र विभिन्न स्वादका ककटेलहरु दसैंको अनिवार्यता बन्यो । काठमाडौं इगुँमतीबाट पूर्व धेरै परसम्म फैलिन थालिसकेको थियो । वरपरका पातला बस्तीका मानिसहरु धमाधम जग्गा बेचेर सहरको सीमाबाहिर भासिन थालिसकेका थिए । जो भासिएनन्, तिनले आफ्नो पहिचान जोगाउन सकेनन् । घर भएकाहरु गोठमा सरे । गोठमा बस्नेहरु पाखा लागे । बागमती विष्णुमती विरुप भए । उनीहरुको नाममात्रै पवित्र रह्यो।
सहरसगैं दसैंको पनि विस्तार भयो । यो विस्तारमा दसैंका कति मत्त्वपूर्र्ण पक्षहरु छोपिए । कति नयाँ तत्त्वहरु थपिए ।
मौसम तेस्रोपटक फेरि बदलियो । पछिल्लो परिवर्तनले दसैंलाई अझै व्यापकता दियो । दसैं सामान्य नेपालीको खुसी, उत्साह र आशाको चाडमात्रै रहने । यसको रुपान्तरण एउटा ठूलो पर्वका
रुपमा भयो । सहरमा यो पाँचतारे पर्वका रुपमा विकसित भयो । विकासको यो प्रभावले गाउँघरमा समेत दसैंको स्वरुप निकै बदलिदियो । हिजोको दसैं सांस्कृतिक थियो भने आजको दसैं व्यावसायिक भएको छ । हिजोको दसैं सपनाको संसारजस्तो सीमित थियो भने आजको दसैं असीमित सपनाको संसार बनेको छ । दसैं बोनान्जामा रमाउन थालेको छ, नेपाली समाज। पाडो किन्दा भैंसी उपहार, एक किन्नुहोस् तीन सित्तै लैजानुहोस्, चाउचाउ खानुहोस्, सुन पाउनुहोस् । जसरी भएपनि रमाउनुहोस् ।
दसैं रमझम नै हो । तर, उहिलेको दसैं मानवीय भावनाहरुले ओतप्रोत हुने गथ्र्यो भने अहिलको दसैं इलेक्ट्रोनिक भएको छ । आस्था र भावनालाई पनि मसिन लगाएर जागृत तुल्याउने प्रयत्नमा दसैंको टिका र जमरा ‘अनलाइन’ आउन थालेको छ । कुन दिनदेखि सहरका डिपार्टमेन्ट स्टोरहरुमा टिका र जमराका प्याकेट किन्न पाइने हो ?

October 2, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal