Entertainment, Events, Photo News

‘ककटेल’ पूल पार्टीमा युवायुवतीको मस्ती

उर्लाबारी । डान्स पार्टीमा रमाउने युवा पुस्ताका लागि सोमबार साँझ निकै रोमाञ्चक रह्यो।

आपसमा हात समातेर गोलो घेरामा सुरु भएको डान्स बिस्तारै छुट्टिदै जोडीहरूको अंकमालसम्म पुग्न थालेपछि रात अझ रंगीन बन्यो । वडा दसैँ २०७१को अवसर पारेर झापाको दमक–८ स्थित होटल वन्डरल्याण्ड परिसरमा ककटेल पूल पार्टीको आयोजना गरिएको थियो । पार्टीमा झापा, मोरङका युवायुवतीहरु मस्तसँग नाचेका थिए । स्वमीङ पुलमा पौडीको मज्जा लिदैं नाच्नेको संख्या कम थिएन ।

भिन्टेज इभेन्टको आयोजनामा सो पार्टीको आयोजना भएको हो । सो पार्टीमा २ सय जना जना भन्दा बढिको सहभागिता रहेको थियो । डान्स पार्टीमा नेपाली, अंग्रेजी र हिन्दी रिमक्स नम्बरहरू घन्काइएको थियो । एकै प्रकारका हिन्दी तथा अंग्रेजी गीत बज्ने दमकमा पूर्वकै पहिलो पटक ककटेलपूल पार्टी आयोजना गरिएको आयोजकको दाबी छ ।

डान्स पार्टीमा यो अलिक फरक स्वादको पार्टी भएको भन्दै युवा–युवतीहरू मस्तसँग नाचिरहेका थिए । डिजेहरूले कुशलता प्रदर्शन गरेपछि युवायुवती ननस्टप नाचिरहे । दशैँको अवसर पारेर पार्टीको आयोजना गरेर मनोरञ्जन प्रदान गरेको होटल वन्डरल्याण्डका सञ्चालक सचिन शाक्यले बताए ।

उत्कृष्ठ युवा युवतीहरुलाई दमक रेडमग क्याफेमा डिनरको अफर ब्यवस्था समेत गरिएको दिपक आले मगरले बताए । पार्टीमा युवयुवतीहरुको उल्लेखिय सहभागिता रहेको कारण उत्साह प्रदान गरेको उनको भनाई छ ।
–सरोज बस्नेत

1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

15

16

17

18

19

21

22

23

24

26

27

28

29

30

31

32

33

34

 


September 30, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal