Entertainment, Video

सांगितिक क्षेत्रमा स्थापित हुँदै उजन (भिडियोसहित)

3333
झापाको सुरुङ्गा–९ का उजन नेम्बाङ चौथो एल्बम ‘तस्वीर’ मा रहेको ‘तिमीलाई खुशी मिल्छ भने’ बोलको गीतको भिडियोले बजार तताएको छ । सानैदेखी सांगितिक क्षेत्रमा जम्ने सोख बोकेर उजनले भर्खरै बजारमा ल्याएको सो भिडियो चर्चामा रहेको छ । उजन र गायिका रजिना रिमालको स्वरमा सजिएको यो गीतमा उजनको आफ्नै शब्दमा रोशन लामाले संगीत भरेका हुन् । यस म्युजिक भिडियोलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् भने रामेश्वर कार्कीले खिचेका हुन् । नायक सुमन सिंह र अभिनय रहेको छ ।

डान्स डाइरेक्टर बन्ने सपना बोकेर वि.सं. २०५६ काठमाडौंतर्फ छिरेका उजन अहिले गायकका रुपमा आफ्नो पृथक पहिचान बटुल्न सफल भइसकेका छन् । सानै उमेरबाट संगीत, नृत्य तथा खेलकुदको क्षेत्रमा प्रगाढ रुचि राखेका उजन यतिबेला आफ्नो चौथो एल्बम तिहारभित्रै निकाल्ने तयारीमा जुटेका छन् ।
अहिलेसम्म करिब ४ दर्जन बढी सुगम, पप, आधुनिक गीत गाएका नेम्बाङ खेलकुदका क्षेत्रमा पनि उत्तिकै अब्बल रहेका छन् । उनी कराँतेका ब्ल्याक बेल्ट पनि हुन् । उनको पहिलो एल्बम फ्रेण्डसिप सन् २००७ मा बजारमा ल्याएका थिए । जसमा ८ वटा गीत समेटिएका उक्त एल्बममा एउटा गीतमा भिडियो बनाएका थिए । उनको दोस्रो एल्बम सन् २०११ मा सार्वजनिक भएको अन्तराल हो भने तेस्रो तनाब हो । नेम्बाङ गायनको क्षेत्रमा मात्र सिमित नभई गीत रचनाको क्षेत्रमा पनि उत्तिकै अब्बल रहेका छन् । उनले आफ्नो एल्बममा भएका कतिपय गीतहरु आफैले रचना गरेका छन् । सांगीतिक यात्राकै क्रममा उजनले लेबनान र साइप्रसको भ्रमण समेत गरिसकेका छन् । हाल उनी काठमाडौंमा वसोवास गर्दै आएका छन् । झापामा रहेर नृत्य सिकाउँदै गर्दा कलाकार बाबु बोगटीसँग परिचय भए पश्चात उनी उज्ज्वल भविष्य खोज्दै काठमाडौं पुगेका थिए ।
सानै उमेरबाट कलाको क्षेत्रमा लाग्न पारिवारिक क्षेत्रबाट पनि साथ अनि सहयोग पाएकाले उनलाई अघि बढ्न सहज भएको उनको भनाई छ । उनी संगीत र नृत्यलाई एक अर्काको परिपूरकका रुपमा समेत हेर्ने गर्दछन् । नेम्बाङले नेपाली फिल्ममा सहायक डाइरेक्टरको अनुभव समेत बटुलिसकेका छन् । कुनै पनि गायकले गीतलाई ‘हिट’ बनाउन प्रमोसनको नितान्त जरुरी हुने बताउने उनी कलाकारहरुको निमित्त आम्दानीको स्रोत भनेको स्टेज प्रोग्राम नै भएको बताउँछन् । राम्रो गीत गाउन सकेको खण्डमा यसै क्षेत्रमा लागेर बाँच्न सकिनेको उनको धारणा रहेको छ । दोस्रो एल्बम ‘अन्तराल’मा रहेको ‘रुवायो निष्ठुरी मायाले’ र ‘पोखराको तालमा घुम्न हामी जाउँ’को भिडियो दर्शकले निकै मनपराएका थिए भने ‘तनाब’ एल्बममा रहेको ‘गौरादहको बजारैमा’ गीतको भिडियो पनि निकै चलेको थियो ।

September 25, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal