Entertainment, Video

भूपेन्द्र राईको संसार यो जाली होइन गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

10671343_800625319976994_3483758106879524191_nइलाम सूर्योदय नगरपालिका–३ का गायक भूपेन्द्र राईको संसार यो जाली होईन ,यँहा जाली रै’छ मान्छे । बाहिर हेर्दा कति सुन्दर, भित्र खाली रै’छ मान्छे गीतको भिडियो सार्वजनिक भएको छ ।

लामो समयदेखी सांगितिक क्षेत्रमा सर्घषरत गायक राईको यो गीतमा बबिन्द्र नेम्बाङको शब्द रहेका छ भने संगित प्रकाश मकारुङको रहेको छ । ललितपुर, काठमाडौं लगायतमा खिचिएको यो भिडियो स्रोताले राम्रो प्रतिकृया दिइरहेका छन् । एक दर्जनभन्दा बढि गीतमा स्वर दिइसकेका यी गायक राईले नेपाल तथा भारतका विभिन्न स्टेजहरुमा आफ्नो प्रस्तुती देखाइसकेका छन् । गायक राईको बादल आइ छेक्यो, मन परेका गाँउ…, घर सोधी जाँउ भने, थाहा छैन नाम…. जस्ता गीतहरु चर्चामा छन् । बिद्यालय स्तरबाट सांगितिक क्षेत्रमा आकर्षित भएका राईले कलेक्सन एल्बम ‘परिकल्पना’ स्वर दिएका छन् । उनले चाँडै नै सोलो एकल एल्बम ल्याउने योजना रहेको छ । गितार बाधक समेत रहेका राईले इलाममा म्यूजिक प्रशिक्षण गर्ने गरेका छन् । यस क्षेत्रमा केही गर्नुपर्छ भनेर म विगत लामो समयदेखि साङ्गितिक क्षेत्रमा निरन्तर रूपमा लागिरहेको छु’ उनले भने । सानैदेखी चर्चित गायक बन्ने सपना बोकेका राईको अहिले आएर सपना सार्थक बन्दै गएको छ । सांङ्गितिक क्षेत्रमा लागेर बाँच्न सकिन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘पहिलेको तुलनामा अहिले केही बाँच्न आधारहरु तयार हुँदैगईरहेको छ ।’ नेपाली गीत सङ्गितलाई सबैले माया गर्नुपर्ने उनको भनाई छ । भावी दिनमा राम्रा राम्रा गीत सङ्गित लिएर नियमित रूपमा स्रोता माझ आउने उनले सुनाए ।
–सरोज बस्नेत

September 17, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal