Education

पाठशाला हो कि, ‘यातनाघर’

उर्लाबारीimages (2)
अभिभावकहरुले आफ्ना सन्ततिलाई विद्यालय पढ्न पठाएका हुन्छन् । तर, शिक्षा दिने शिक्षकले नै ‘रौद्ररुप’ धारण गरेपछि विद्यार्थीको मनोविज्ञान कस्तो होला ? कल्पनासम्म गर्न सकिन्छ । बालमैत्री र भयमुक्त वातावरणमा शिक्षा दिनु पर्नेमा उल्टै शिक्षकले विद्यार्थीलाई यातना दिने खालका घटना बारम्बार दोहोरिरहेका छन् ।
पछिल्लो पटक मोरङ वयरवन–६ मा अवस्थित पिनाकल ज्ञान मन्दिर बोर्डिङ स्कुलमा कक्षा १ मा अध्ययनरत प्रतीक खड्कालाई सो स्कूलका एक शिक्षकले अंगभंग हुने गरी कुटपिट गरेका छन् ।
कुटपिटबाट चोटको असरले विद्यार्थीको हातको आंैला नै काट्नु परेको छ । कक्षा कोठामा शिक्षकले कक्षाकार्य गर्न दिएको र हिसाव गर्न नआएपछि शिक्षक यादव लुइटेलले घोक्राएर पिटेको पीडित छात्र प्रतीकले बताएका छन् । गणित विषयको जोड गर्न नआएको भन्दै पीडित बालकले भने –‘यादव सरले ढाडमा हिर्काए, घाँटीमा पक्रेर घोक्राए, पेन्सिलले हातको कान्छी औंलामा घोचे ।’
घटना विवरण अनुसार दुई महिना अघिको सो यातनाका कारण प्रतीकको हातको कान्छी औला सुन्निएको थियो । औंलामा पेन्सिलको टुक्रा गडिएको पाइएको थियो । बयरवनकै स्थानीय क्लिनिकमा सामान्य उपचार गरेपछि नोबेल अस्पताल विराटनगरमा उनको उपचार भयो । यद्यपि, घाउ झन् बल्झिएपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ‘रेफर’ गरिएको प्रतीककी आमा सीता खड्काले जानकारी दिनुभयो ।
‘वीपी अस्पतालले तत्कालै औंला काट्नु पर्छ भन्यो’, प्रतीकका मामा शिवबहादुर कठेतले भन्नुभयो–‘उपचार गर्दा निको हुन्छ भने किन औला काट्ने भनेर उपचार ग¥यौ तर भएन ।’ औलाको बीच भागको हड्डीले काम नगर्ने भएपछि चिकित्सकले जोडिदिएका छन् । निम्न आय भएका खड्का परिवारले बालकको उपचार ऋण खोजेर गरेका छन् ।
उता पीडक शिक्षक यादव लुइटेलले औला काटिएको विषयमा भने अनभिज्ञता प्रकट गरे । ‘ढाडमा कुटेको त हो तर पेन्सिलले औंलामा घोचेको थाहा भएन’ लुइटेलले दाबी गरे । प्रतीककी आमा कल्पना खड्काले दुखेसो पोख्दै भन्नुभयो–‘हामीले आफ्नो छोरालाई कुट्न, औंला भाँच्न भनेर स्कुल पठाएको होइन, अढाई महिना भइसक्यो छोराको पढाइ धेरै छुटिसक्यो, स्कुलले उपचार पनि गरिदिएको छैन ।’
विद्यालयका सञ्चालकलाई घटनाको विषयमा जानकारी गराएपनि कसैले वास्ता नगरेको मामा शिवबहादुर कठेतले भन्नुभयो । यस विषयमा बारे स्कुललाई जानाकारी दिदा उपचार गर्दा कति खर्च लाग्छ उपचार खर्च विद्यालयले दिन्छ भनेर सान्तवाना दिएको कुरा मामा कठेतको भनाईछ । उता विद्यालय संचालक दिपक चौलागाई भने घटना भए देखि नै अभिभावक संग सम्पर्क गदै आएको दाबी गर्छन् । घाइते विद्यार्थीको लागी के गर्नु पर्ने हामी स्कुलको तर्फ बाट गर्न तयार रहेको उहाँले बताउनुभयो । विहिबार अभिभावकहरु स्कुलमा गएर सोहि विषयमा छलफल गरेका थिए । बाल अधिकारकर्मी लोकेन्द्र शाक्यले यस विषयमा हामीको मा उजुरी आएको छैन यदि आएमा प्रकृती हेरेर अभिभावक र विद्यालय विच छलफल गरेर विवाद टुङग्याउने जानकारी दिनुभयो ।

August 8, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal