Education, Society

पुस्ताकलयलाई तीन लाख सहयोग

उर्लाबारीIMG_9419 copy
मोरङको उर्लाबारी–४ मा आगामी भदौं पहिलो साताबाट सञ्चालन हुन लागेको उर्लाबारी सार्वजनिक पुस्ताकलयलाई हङकङ उर्लाबारी परिवारले बुधबार तीन लाख रुपैयाँ सहयोग गरेको छ ।
भिजन फाउण्डेशन नेपाल उर्लाबारीद्धारा सञ्चालनको तयारीमा रहेको पुस्ताकलमा एक कार्यक्रमका बीच हङकङ उर्लाबारी परिवारका अध्यक्ष कृष्ण चेम्जोङले फाउण्डेशनका अध्यक्ष राजु लामालाई सो रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्दै परिवारका अध्यक्ष चेम्जोङले उर्लाबारीमा पुस्ताकल खेल्ने आफुहरुले पनि तयारी रहेको अवस्थामा फाउण्डेशनले पनि सोही कार्य गरेको कारण सहयोग गरेको बताउनुभयो । पुस्ताकलको बिकासमा निरन्तर रुपमा सहयोग गर्ने उहाँको भनाई छ ।
महिला नेतृ गोमा नेपालले उर्लाबारीमा पुस्ताकलयको अभाव लामो समयदेखी खड्किएको बताउनुभयो । ‘उर्लाबारी क्षेत्रमा प्रभावकारी रुपमा पुस्ताकलय सञ्चालन नभएको कारण मान्छेलाई पढ्ने बानीको बिकास भएको पाइदैन’–उहाँले भन्नुभयो । उर्लाबारीमा पुस्ताकलय खोल्नु सकारात्क भएको उहाँको भनाई छ ।
त्यस्तै मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष रुद्रबहादुर तामाङले उर्लाबारीका युवाहरुले पुस्ताकल सञ्चालन गर्नु उदाहरणीय भएको बताउनुभयो । पुस्ताकलयको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त उहाँले गर्नुभयो ।

August 7, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal