World

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड दिइयो

काठमाडौं
साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीका अनुसार एक दुई वर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन । साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिला शोभा परियार रहेको बताएको छ ।
मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र जनरल कोर्टले पनि मृत्युदण्डको फैसला दिएको मन्त्रालयले जनाएको छ । मृत्युदण्डको फैसलालाई पुनरावेदन अदालत र सर्वोच्च अदालतले समेत अनुमोदन गरेको त्यहाँको मन्त्रालयलाई उद्दत गर्दै समाचारमा जनाइएको छ ।
साउदी अरेबियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आफूले निकै कोसिस गर्दा पनि उनलाई मृत्युदण्डबाट बचाउन नसकिएको बताउनुभयो । ‘मृत्युदण्ड दिइयो भन्ने सुन्दा निकै दुःख लाग्यो’ राजदूत पाण्डेले टेलिफोनमा भन्नुभयो–‘मैले डेढ बर्ष पहिलेदेखि नै उनलाई बचाउन साउदी अधिकारीसँग लविङ गरिरहेको थिएँ ।’rape2

करिव डेढ बर्ष पहिले नावालक हत्या अभियोगमा थुनिएकी नेपाली महिलाबारे जानकारी पाएपछि आफूले उनलाई बचाउन कोसिस गरेको राजदूत पाण्डेले बताउनुभयो । ‘मैले उनको बयान हेरेँ, उनीहरुसँगै गएर पनि कुरा गर्यौं, उनले साहुनीले दुव्र्यवहार गरेका कारण आवेशमा आएर छोरालाई बाथरुममा लगेर छुरा हानेको स्वीकारेकी थिइन ।’ राजदूत पाण्डेले भन्नुभयो ।
आफूले आवेशमा आई हत्या गरेको र मनशायप्रेरित हत्या नभएको भन्दै मृत्युदण्डबाट जोगाउन र पीडित परिवारलाई कन्भिन्स गरिदिन आफूले त्यहाँको गर्भनरलाई भेटेर आग्रहसमेत गरेको राजदूत पाण्डेले बताउनुभयो । आवेशमा भएको घटनालाई फौजदारी कानूनले हत्या मान्दैन ।
‘गर्भनरले कोसिस पनि गरेका हुन् तर, मृतकको परिवार निकै क्रुद्ध थियो,’ राजदूत पाण्डेले भन्नुभयो । यसबारे आफूले निकै पहिले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको र उनको परिवारसँग पनि सम्पर्क गरेको पाण्डेले जानकारी दिनुभयो । तनहुँ भिमादकी शोभा दलालमार्फत भारतीय मार्ग हुँदै साउदी पुगेकी थिइन् । ‘एसएलसीसम्म अध्ययन गरेकी थिइन, दाम्पत्य जीवन राम्रो नभएपछि साउदी आएकी हुँ भनेकी थिइन’ राजदूत पाण्डेले भन्नुभयो ।
उनकी दिदी र भाईले नेपालबाट बेलाबेला फोन गरेर उनलाई बचाउन आग्रह गरेको राजदूत पाण्डेले बताउनुभयो । पिडीत परिवारले माफी नदिएपछि शोभा मृत्युदण्डको मुखबाट जोगाउन नसकिएको उहाँको भनाई छ । शोभाको शवलाई साउदी अधिकारीले नै ब्यबस्थापन गर्ने उहाँले बताउनुभयो । । ‘हामीलाई यसबारे औपचारिक जानकारी आउन अझै ७–८ दिन लाग्छ होला’ उनको शव नेपाल ल्याउन पनि पाइदैन, उनको परिवारले कुनै क्षतिपूर्ति पाउने सम्भावना पनि छैन् ।’ राजदूत पाण्डेले भन्नुभयो ।

August 6, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal