World

इराकमा नेपाली ‘सुरक्षित’

दोहा–iraq.baghdad.map_.lg_सरकारी फौज र विद्रोहीबीच भिडन्त बढ्दै गए पनि इराकमा कार्यरत नेपालीहरु सुरक्षित छन्। राजधानी बग्दादस्थित विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले पूर्ण सुरक्षित साथ काम गरिरहेको बताए। अनौपचारिक क्षेत्रमा कार्यरत भने जोखिममा छन् ।
बग्दादको रोडजोनस्थित जिफोर एस कम्पनीका सुपरभाइजर पोखराका देव थापाले कम्पनीले उच्च सतर्कतामा राखेको बताए। रोडजोनमा झन्डै ३ सय नेपाली सुरक्षा दिन्छन् ।
बग्दादकै ग्रिन जोनमा कार्यरत पोखराका कृष्ण थापाले कम्पनीले ढुक्क रहन भनेको बताए। ग्रिन जोनमा झन्डै ५ सय नेपालीले सुरक्षा दिन्छन्। उनीहरुले ग्रिन जोनमा दूतावास, विदेशी कम्पनीको सुरक्षा दिन्छन्। नेपालीहरु बग्दाद, बार्सा र कुर्दिस्तानमा कार्यरत छन्। कुर्दिस्तान पूर्ण सुरक्षित रहेको एउटा कम्पनीका कार्यरत मेनेजर खेम पौडेलले बताए।आजको कान्तिपुर दैनिकमा खबरछ ।
इराक हेर्ने पाकिस्तानस्थित नेपाली राजदूत भरतराज पौडेलले त्यहाँको नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए।‘अहिलेसम्म दुःखद जानकारी छैन’ उनले फोनमा भने,‘सबैलाई सुरक्षित रहन खबर गरेका छौं ।’

June 18, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal