Technology

उर्लावारीमा पहिलो पटक इथिकल ह्याकिङ तालिम

उर्लाबारीIMG_0044
साइबर अपराध बढीरहेको बेला मोरङको उर्लावारीमा पहिलो पटक इथिकल ह्याकिङकको तालिम सञ्चालन गरिने भएको छ ।
उर्लाबारी–२ स्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले यही जेठ ३० गते तालिम सञ्चालन गर्ने आइतबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । तालिममा बढ्दो साइबर अपराध तथा त्यसको सामाधानका कारेमा केन्द्रीत रहने कलेजका संस्थापक निर्देशक सुमन ढकालले बताए । उनले भने–‘पहिलो उद्देश्य भनेको साइबर अपराध न्यूनिकरण गर्नु हो ।’
तालिममा आईपी ठेगाना, इमेल ह्याकिङ, विन्डोज ह्याकिङ, वेबसाइट ह्याकिङ, गुगल ह्याकिङ, कम्प्युटर फरेनसिक, सोसल इन्जिनियरिङ, थिप टेक्निक्युज, साइट्रो ग्राफी र प्रेने टे«न्शनका बारेमा जानकारी गराइने कलेजका प्रिन्सीपल अनिश कार्कीले जानकारी दिए । तालिमको सहजीकरण भने सुरेसचन्द्र दाहालले गर्ने उनले बताए । दाहालले पुर्वाञ्चलÔेत्रका विभिन्न स्थानहरुमा सहजीकरणको काम गरिसकेका छन् । तालिममा करिब दुई सयको सहभागिता रहने बताइएको छ ।

June 8, 2014

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal