Blog, Technology

नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन्

anish karki261413_391590114254981_116202883_n
प्राविधी शिक्षा आधुनिक विकास र समयको ढुकढुकी हो । हुन त, जापान,कोरिया, क्यानडा अनि अमेरिकामा भएको प्रविधिको विकासलाई हाम्रो जस्तो देश नेपालसँग तुलना गर्न सुहाउँदैन । विश्वमा अहिले चलिरहेका पाँचौ पुस्ताको सुपरस्पिड इन्टरनेटको कुरा चल्दा नेपालमा भने घन् को कुरा धेरै उपलब्धिको रुपमा स्थापित देखिन्छ । नेपाली समाज अहिले आधुनिक तर्फ लम्किदै गरेको अवस्था छ । त्यसै होला मानिसहरुले सेवा सुविधा पाइरहेका छन् । भनिन्छ जुन गोरुको सिङ छैन उसको नाम तिखे । वास्तवमा यही उखानले सार्थता झल्काउछ जस्तो लाग्छ मलाई । अहिले आधुनिक समाजलाई झूक्याउन त्यति सजिलो छैन। जुन समाजमा बाल्यपन देखि हुर्कियो उही समाजलाई अहिले लात हानिरहेका छन्, नेपाली हुँ भन्ने महान् पुरुषहरुले ।
आजको यस एक्काइसौं शताव्दीलाई नजिक बाट चिहाउने हो भने विश्वलाई आज एउटा हत्केलामा राखिसकेका छन् आधुनिक वैज्ञानिकहरुले ।
वास्तवमा भन्ने हो भने आजको विश्वलाई हामीले राम्रो सँग चिनिसकेका छैनौं जस्तो लाग्छ, कारण, प्रविधी लाई राम्रो सँग अध्ययन नगरेर या चिन्न नसकेर । नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन् । शहरीभेग भन्दा ग्रामिण भेगका मानिसहरुले राम्रो सँग अध्ययन नगरेर प्रविधि क्षेत्रमा उहाँहरुको पहुँच निकै दयनिय अवस्था रहेको छ । आई.टी साक्षरता वनाउने र प्रत्येक विद्यार्थीवर्गको हातमा एउटा कम्प्युटर पु¥याउने अभियान आज सम्म
साकार भएको छैन् नेपाल सरकारको । वैज्ञानिक युगमा प्राविधिक शिक्षाको ज्यादै महत्व छ । अहिले विश्वलाई सामाजिक सञ्जाल९ाबअभदययप० ले माकुराको जालो जस्तो बनाएकोछ । विज्ञान तथा प्रविधीको क्षेत्र अहिले व्यापक बन्दै गएको छ । चाल्र्स व्यावेज ९ऋजबचकि द्यबददबनभ० लाई कम्प्युटरको इतिहासमा पिताको संज्ञा दिइएको छ । त्यसैले उनलाई ूँबतजभच या ऋयmउगतभच ू भनेर पनि चिनिन्छ । नेपालको इतिहासमा आई.टी को क्षेत्रमा दिन प्रतिदिन युवा पुस्ता आर्कषण भएको देखिन्छ । केही वर्ष यता आएर नेपाल सरकारले प्रत्येक सामुदायिक विद्यालयलाई लक्षित गरी विद्यार्थीवर्गको आई.टी क्षेत्रमा पहुँच पुग्ने हेतुले कम्प्युटर कोर्षलाई कक्षा ६ देखि अनिवार्य विषयका रुपमा अध्यापन गराउदै आएको छ । यदि हामीले प्रविधीक शिक्षाको सही सदुपयोग गर्ने हो भने हाम्रो जीवनस्तरलाई निकै माथिल्लो स्थान सम्म पुग्ने आशा मिल्थियो । विगतका दिनहरुमा कम्प्युटरको त्यति आवश्यक्ता देखिदैन थियो तर अहिले आएर बच्चा देखि वृद्ध सम्म सबैलाई सामाजिक सञ्जाल ९ ाबअभदययप० ले बाँधिरहेको छ । कसलाई संसार बुझ्न मन लाग्दैन र?आज विश्वमा के भइरहेको छ यी सम्पूर्ण गतिविधि थाहा पाउनका लागि पनि प्राविधिक शिक्षाको खाँचो छ हामी सवैलाई ।
सञ्चार जगतलाइ राम्रो सँग अध्ययन गर्न पनि यस (प्रविधिक शिक्षा) को ज्यादै महत्व छ । मानव स्वाभवले नै नयाँ कुराको खोजीमा तल्लीन हुन्छ दिनरात । नयाँ वस्तुको खोजी अनि विश्लेषणका लागि पनि यसले सामाजमा निकै अग्रणि भुमिका खेलेको हुन्छ । प्राविधिक शिक्षाको महत्व त्यति कम छैन आजको यो सञ्जालमा,जुन तरिकाबाट हामी दैनिक जीवन गुजारा गरिरहेका छौं, त्यो भन्दा भिन्न तरिकाले लाई यसलाई चलाउन सक्छौं । नुन देखि सुन सम्म हामी अहिले घर बसि­बसि यलष्लिभ कजयउउष्लन बाट किन्न सक्छौं। त भएन प्राविधिको कमाल! त्यसै त हिमाल,पहाड र तराई,केही छैन पराई, सिक्नु पर्छ प्राविधिक शिक्षा, जिवनलाइ उज्जल बनाई । कपोकल्पित ती भ्रणलाई सामाजबाट हटाउनका लागि हामीले युवा वर्गहरुमा प्राविधिक शिक्षाको आधारभुत ज्ञान दिन आवश्यक छ । ढुङे युग देखि वैज्ञानिक युग सम्म आइपुग्दा नयाँ प्रविधिहरुको वहुलियता दिनप्रतिदिन बढी रहेको छ ।
देशको आर्थिक,भौतिक तथा राजनिती पाटोलाई उन्नति तथा विकासतर्फ अघि बढाउन पनि प्राविधि शिक्षाले ज्यादै महत्वपूर्ण भूमिका खेलीरहेको छ तर प्राविधिक विषयका लागि सरकारी पहल भने त्यती प्रभावकारी हुन सकेको छैन् । आइ.टी को क्षेत्रमा नेपालमा बढिरहेको युवा सक्रियताले भोलीको ई–नेपालको परिकल्पना भावीका पुस्ताले किन नगर्ने ।

October 26, 2013

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


ONE COMMENT ON THIS POST To “नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन्”

  1. sachin says:

    ramro xa anish sir

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal