World

जनता गोर्खाल्याण्ड माग गर्दै सडकमा फोटो फिचरसहित

images (1)Gorkha-Landgorkhaland-final-picimagesimages (2)
जारी गोर्खाल्याण्ड आन्दोलन दवाउन पश्चि बंगालले सशस्त्र सुरक्षाबल बढाउने निर्णय गरेसँगै गोर्खाल्याण्ड आन्दोलनले थप सशक्त रुप लिएको छ । यसको लागी गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटिले सोमवारदेखि ९१६ तारिख० देखि २६ तारिखसम्म ११ दिन लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

गत शुक्रवार आव्हान गरेका आन्दोलनका कार्यक्रममा फेरवदल गर्दै मोर्चाको आठ राजनीतिक दल सम्मिलित वैठकले ५ दिनका लागि तोकिएको ‘घरभित्रै जनता’ कार्यक्रम एक दिन मात्रै आयोजना गर्ने भएको छ । बाँकी चार दिन अर्थात २० देखि २३ तारिखसम्म ‘जनता सडकमा’ भन्ने अर्को कार्यक्रम थप गरिएको छ ।

२४ र २५ तारिख गोर्खाल्याण्ड प्रस्तावित क्षेत्रमा हातमा कालो पट्टी बाँधेर राँके जुलुस आयोजना गर्ने र २६ तारिख राजमार्ग र राज्यका अन्य सडक खण्डमा ‘मानव साङ्लो’ कार्यक्रम छ । वैठकले २७ र २८ तारिखका लागि अर्को कार्यक्रम थपेको छ । दुई दिन भारतभर रहेका गोर्खा सांसद र पूर्व सांसदहरुलाई गोर्खाल्याण्डका बारे ध्यानाकर्षण गराउने र भेटवार्ता गर्ने जनाइएको छ ।

August 19, 2013

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal