World

गत वर्ष विदेसिनेको संख्या साढे चार लाख

baidesik-rojgar
काठमाडौं । वैदेशिक रोजगार विभागले उक्त अवधिमा ४ लाख ५३ हजार ५ सय ४३ जनालाई वैदेशिक रोजगारीको लागि अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा विदेश जानेको संख्या १७।९ प्रतिशतले बढको जानकारी विभागले दिएको छ । अघिल्लो वर्ष विभागले कुल ३ लाख ८४ हजार ६ सय ६५ जनालाई यस्तो स्वीकृति प्रदान गरेको थियो ।
विगतमा जस्तै गत आर्थिक वर्षमा पनि नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुकमा मलेसिया र खाडी मुलुकहरु देखिएका छन् । गत वर्ष विदेसिएका कामदारमध्ये ३४।६ प्रतिशत मलेशिया, २०।० प्रतिशत कतार, १९।० प्रतिशत साउदी अरब र ११।५ प्रतिशत यू।ए।ई गएका हुन् ।
गत वर्ष मलेशिया जानेको संख्या १ लाख ४६ हजार छ, जुन अघिल्लो वर्षको तुलनामा ५९।४ प्रतिशतले बढी हो । त्यस्तै, दोस्रो गन्तव्य कतार जानेको संख्या ९० हजार ९३ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४।० प्रतिशतले कम हो ।

August 16, 2013

About Author

raju Socialist, Entrepreneur, Businessman. A single word is hard to describe him. He is a motivator and initiator of Merourlabari.com. We dont need a bio for him.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal