Politics

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त


प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा। गोविन्दबहादुर तुम्बाहाङले संविधानको धारा १६८ को उपधारा १ प्रावधान अनुरुप राईलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामनासमेत दिए ।

मुख्यमन्त्रीको सपथ ग्रहण भने बिहीबार दिउँसो ३ बजे स्थानीय वीरेन्द्र सभागृहको हलमा तोकिएको छ । मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि राईले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए । सानोमा तीन वा ठूलोमा पाँच जनासम्मको मन्त्रीमण्डल विस्तार हुने उनले बताए । बिहीबार विस्तार हुने मन्त्रीपरिषदमा माओवादीबाट समेत मन्त्रीहरु समावेश हुने उनले जनाएका छन् । वामगठबन्धनबीच एउटा उच्चस्तरको समझदारी कायम भएको र त्यसै अनुसार मन्त्रीमण्ड विस्तार गर्ने उनको भनाइ छ । संयुक्त गठबन्धनले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गर्दै प्रदेश प्रमुखलाई पत्र दिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनको दुई तिहाइ मत रहेको छ ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal