Health

वडाध्यक्ष पौडेल अस्वस्थ

उर्लाबारी:उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेलको स्वास्थ्यमा गम्भिर देखिएको छ ।
एक्कासी ज्वरोका कारण बिरामी परेका पौडेलको अहिले आईसीयूमा राखेर उपचार गरिरहेको सोही वडाका सदस्य अम्बिका तामाङले जानकारी दिएका छन् । पौडेललाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । अत्याधिक ज्वरोका कारण उनलाई आईसीयुमा राखेर उपचार गरिरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको बताइएको छ । ज्वरोको कारण वडाध्यक्ष पौडेल बिरामी परेको भएपनि हालसम्म के भएको हो भन्ने बारेमा रिर्पोट आइनसकेको जनाइएको छ । महारुद्र शिवालय मन्दिर उर्लाबारी वडा नं. ६ का अध्यक्षसमेत रहेका पौडेल शिवरात्रीको अवसरमा आयोजित लिंग महापुराण स्थलबाटै बिरामी परेका थिए ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal