Politics

प्रदेश एकमा माओवादी सरकारमा नजाने

ईटहरी / प्रदेश एकमा आज मुख्यमन्त्रिसहित केहि मन्त्रिले सपथ गर्ने कार्याक्रम रहेको भएपनि माओवादी केन्द्रसँग मन्त्रालय वाँडफाडमा सहमति जनजुटेपछि माओवादी सरकारमा सहभागी नहुने भएको हो । मुख्यमन्त्रि र सभामुख एमालेले पाएको प्रदेश एकमा उपसभामुख सहित मागेको मन्त्रालय पाउनुपर्ने अन्यथा सरकारमा सहभागि नहुने निर्णय भएको माओवादी स्रोतले जानकारी गराएको छ ।

प्रदेश एकमा ६ मन्त्रालय मध्ये माओवादीले पाउने भनिएका २ मन्त्रालयमा आन्तरिक मामला मन्त्रालय र अर्थ पाउनुपर्ने माग राखेपछि मन्त्रालय वाँडफाडमा सहमति हुन नसकेको वताईएको छ । एमालेले आन्तिरीक मामला र अर्थ दिन नसकिने वताएपछि मंगलवार अवेरसम्म वसेको माओवादी केन्द्रको पार्टी र संसदिय दलले सरकारमा सहभागि नहुने निर्णय गरेको स्रोतले वताएको छ ।

आज हुने मुख्य मन्त्रि र मन्त्रिहरुको सपथमा माओवादी सहभागि नहुने निर्णय भएको विषयमा माओवादी संसदिय दलका नेता टंक आङवुहाङसँग जिज्ञासा राख्दा उनले सम्मानजनक उपस्थिति विना सरकारमा सहभागि हुन नसक्ने वताएका छन् । उनले पार्टी एकता र तालमेलको मर्म अनुशार नै मन्त्रालय र पद वाडफाँड हुनुपर्ने जिकीर गरेका छन् । सरकारमै नजाने भनेर नभनेको तर उपस्थिति सम्मानजनक नहुँदा जान नसकिने भनिएको उनले वताए ।

त्यसै गरि सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्ने ईन्द्र आङवो मौसमले पनि सम्मानजनक उपस्थिति विना सरकारमा जानुको अर्थ नहुने वताएका छन् । उनले मुख्यमन्त्रि र सभामुख एमालेले पाएकाले आफ्नो दलका भागमा परेका मन्त्रालय छानेर पाउनुपर्ने वताए । उनले चुनावी एकता , सहकार्य र पार्टी एकताको भाव अनुरुप नै आफुहरुको दावी रहने तर्क गरेका छन् ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal