Society

वार्षिक पुण्यतिथीको अवसरमा बाल गृहलाई सहयोग

उर्लाबारी ।  पछिल्लो समय जन्मदिन, विवाह, व्रतबन्ध, वार्षिक पुण्यतिथी लगयातका अन्य धार्मिक कर्महरु गर्दा गरिने अनावश्यक तडकभडक हट्ने क्रम जारी छ । यस्ता कार्यहरुमा लाग्ने खर्च कटौती गर्दै सामाजिक कार्यमा खर्चिने जमात उर्लाबारीमा बढ्दै गएको छ । यसै सन्दर्भमा उर्लाबारी–७ निवासी पूर्णप्रसाद चेम्जोङले आफ्नो जेठी श्रीमती धनमाया चेम्जोङको वार्षिक पुण्यतिथीको अवसर पारेर नमुना बाल गृहलाई सहयोग गरेका छन् ।

मंगलबार चेम्जोङका छोरा खड्ग चेम्जोङ र बुहारी मञ्जु चेम्जोङ्ले बाल गृहलाई खाद्यन्न प्रदान गरे । उनीहरुले गृहमा आश्रित बालबालिहरुलाई लक्षित गरेर १५ कार्टुन चाउचाउ,एक सय केजी चामल,भुजा,चिउरा,तेल,साबुन गरी १९ हजार बराबरको खाद्यन्न सामग्री प्रदान गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७का वडाध्यक्ष विरबल थापाले पुण्यतिथीको दिन गरिने अनावश्यक खर्चलाई कटौती गरेर बालबालिकाहरुलाई सहयोग गर्नु नै सबैभन्दा बढि पुण्य मिल्ने धारणा राखे । सहयोग हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७का वडाध्यक्ष थापा,वडा सदस्य छत्र कार्की,महिला वडा सदस्य शोभितमाया तामाङ,बाल गृहका सञ्चालक सदस्य प्रह्लाद थापा लगायतको उपस्थिती रहेको थियो ।चेम्जोङ परिवारले बाल गृहलाई सहयोग गर्ने पाउदा आफूहरु खुशी भएको बताउदै आगामी दिनहरुमा बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

February 14, 2018

About Author

Saroj Basnet Journalist from Urlabari, Nepal. He writes on every aspect of Journalism. A multi-talent person. Now editor at MeroUrlabari. He loves football n music.


Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal